2026-09-07 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमा नाचेको भिडियो हाल्ने जोडीलाई १० वर्ष जेल, सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

माघ १८, काठमाडौँ |  इरानमा सडकमा नाचिरहेको भिडियो पोस्ट गरेको एक २० वर्षमाथिको जोडीलाई १० वर्षको जेल सजाय सुनाइएको छ। साथै उनीहरू सामाजिक सञ्जाल चलाउन र दुई वर्षसम्म देश छाड्न समेत प्रतिबन्धित छन्। उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो र हाल दोषी ठहर भएको बताइएको छ। सार्वजनिक भिडिओमा उनीहरू तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेको देखिन्छन्।

आचार व्यवहार निगरानी गर्ने विशेष प्रहरीले नियन्त्रणमा लिएको एक महिलाको मृत्यु भएपछि विरोध प्रदर्शनमा उत्रिएका मानिसहरूलाई सरकारी अधिकारीहरूले कडा सजाय दिइरहेका छन्।तर उक्त जोडीले आफ्नो नृत्यलाई इरानमा जारी विरोध प्रदर्शनसँग सम्बन्धित रहेको बताएका थिएनन्। एक स्रोतले बीबीसी मोनिटरिङलाई पुष्टि गरे अनुसार दुई जनाको जोड्दा झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत भिडिओ साझा गरेपछि उनीहरू गिरफ्तारीमा परेका थिए।

गत वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सरकार विरोधी प्रदर्शन देशभरि फैलियो जसलाई इरानी शासकले “दङ्गा”को सङ्ज्ञा दिएको थियो। महिलाहरूले हिजाब वा कपडाले कपाल ढाक्नुपर्ने नियम उल्लङ्घन गरेको आरोपमा उनलाई तेहरानमा पक्राउ गरिएको थियो।

२१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई “भ्रष्टाचार तथा देहव्यापारलाई बढवा दिएको, राष्ट्रिय सुरक्षाविरुद्धमा योजना बनाएको र स्थापित मान्यताविरुद्ध प्रचार गरेको” अभियोगमा दोषी ठहर गरिएको बताइएको छ। उनीहरूलाई दोषी ठानिएको फरकफरक अभियोगका लागि दुवैले कति-कति वर्ष सजाय भोग्नु पर्छ भन्ने कुरा स्पष्ट छैन। उनीहरूलाई सबै अभियोगका लागि संयुक्त रूपमा कुल साढे १० वर्षको सजाय सुनाइएको हो। फैसला कायमै रहे हालसम्म घोषणा गरिएकामध्ये सबैभन्दा लामो अवधिको सजाय भोग्नेमा उनीहरू पर्ने छन्। 

गत सेप्टेम्बरयता इरानमा जारी विरोध प्रदर्शनलाई सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानी शासन सत्तामा आए यताकै गम्भीर चुनौतीको रूपमा हेरिएको छ। आन्दोलनलाई दबाउन राज्यले गत डिसेम्बरदेखि यस महिनाको सुरुवातसम्ममा कम्तीमा चार जना प्रदर्शनकारीलाई मृत्युदण्डसहित कडा सजाय दिइसकेको छ। महसा अमिनीको मृत्युपश्चात् इरानमा परिस्थिति व्यापक रूपमा अस्थिर बनेको छ। लामो समयदेखि कायम गरिबी, बेरोजगारी, असमानता, अन्याय र भ्रष्टाचारबारे पनि मानिसहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्। उनको मृत्युलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा सयौँ मानिस मारिएका छन् र हजारौँ पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित