९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनका लागि अन्य दलसँग छलफल गर्ने

१९ माघ २०७९, बिहीबार ०६:३७

माघ १९, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका सन्दर्भमा अन्य राजनीतिक दलसँग छलफल गर्ने भएको छ । 

कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले निर्वाचनका लागि विपक्षी गठबन्धनमा रहेका दल तथा सत्ता गठबन्धनका अन्य राजनीतिक दलसँग छलफल एवं परामर्श गरेर अघि बढ्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । 

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बसेको बैठकले विपक्षी गठबन्धनमा रहेको नेकपा (एकीृकत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा तथा सत्तागठबन्धनमा आवद्ध अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

प्रमुख सचेतक लेखकले कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले पार्टीले राष्ट्रपति निर्वाचनका लागि आन्तरिक तयारी समेत गरिरहेको बताउनुभयो । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका यही माघ २३ मा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो