2026-10-20 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापा र धादिङमा सवारी दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

माघ २०, काठमाडौँ | झापा र धादिङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । झापाको शिवसताक्षी नगरपालिका १ कमलपुरमा शुक्रवार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकको पछाडि सोही दिशाबाट आउँदै गरेको फलामको रड बोकेको  ना ५ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । 

दुर्घटनामा ८३११ नम्बरका ट्रक चालक सुनसरीको राम धुनी नगरपालिका ७ का ४५ वर्षीय मदन चौधरी र नाम थर र ठेगाना नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको हो ।  गम्भीर घाइते भएका उनीहरूलाई दमक अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको हो । शुक्रवार बिहान साढे ५ बजे भएको सवारी दुर्घटनामा संलग्न दुबै सवारी र अर्का ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

यता, धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा शुक्रवार बिहान बस पल्टिँदा बसमा सवार ६ जना यात्रु घाइते भएका हुन् । घाइते भएका मध्य बर्दियाको बार बर्दिया नगरपालिका–५ बस्ने २० वर्षीय सुरज तिमल्सिना, नवलपरासीको कावासोती नगरपालिका–२ सरस्वती चोक बस्ने ४० बर्षीया लक्ष्मी पाण्डे र सल्यानको बुङकोट नगरपालिका ७ बस्ने २१ वर्षीय सुरज विश्वकर्माको अवस्था गम्भीर रहेको छ । 

गम्भीर घाइतेहरूलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ । बाँकी घाइतेको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।  उनीहरूको अवस्था भने सामान्य रहेको छ ।  नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ४०५ नम्बरको बस अनियन्त्रित भई शुक्रवार बिहान सवा ७ बजे सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ