२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने

२० माघ २०७९, शुक्रबार ०८:१८

माघ २०, काठमाडौँ | नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । 


“नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ”, निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ । 

निगमले दुर्गम/विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ । 

“आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ”, जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य