माघ २०, काठमाडौँ | बुधवार अमेरिका र क्यानडामा शङ्कास्पद जासुस बेलुन भेटियो भन्ने घटनामा अब चीनको बयान आएको छ । अमेरिकी अधिकारीहरूले यो बेलुन चीनको भएको दाबी गरेका छन् ।

चीनको विदेश मन्त्रालयले यी रिपोर्टहरूमा शान्ति कायम राख्न अपिल गरेको छ । उनका अनुसार तथ्यविना सार्वजनिक भएका अड्कलबाजी र बढाई चढाई पेस गरिएको कुराले समाधान निस्कँदैन ।

दुई दिनअघि बुधवार नै अमेरिकाको पश्चिमी राज्य मोन्टानामा यो बेलुन उडिरहेको भेटिएपछि विमानको उडान बन्द गर्नुपरेको थियो ।

अधिकारीहरूले यो मोन्टानामा देखा पर्नु अघि अलास्काको अलेउटियन टापु र क्यानडामा देखिएको बताएका छन् ।

तर, फोहोर फैलिने खतराका कारण सेनाले बेलुन नखसाल्ने निर्णय गरेको थियो ।

क्यानडाको बयान

यस्तै, क्यानडाले आफ्नो हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न र भविष्यमा हुन सक्ने यस्ता घटनामाथि निगरानी राख्नका लागि कदम उठाइरहेको बताएको छ ।

February 3, 2023
काठमाडौँ - KTM, विश्व
अमेरिका र क्यानडामा चीनको ‘जासुसी बेलुन’ भेटिएको दाबीमा चीनले के भन्यो ?
By साझासवाल
2 मिनेट पढाइ