२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

रवि लामिछानेविरुद्ध अमेरिकामा अझै छन् यी तीन मुद्दा

२४ माघ २०७९, मंगलवार ०३:००

माघ २४, काठमाडौं | रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्यान्डस्थित अदालतमा तीनवटा मुद्दा चालू अवस्थामै छन्। नौवटा मुद्दा परेकामा ६ वटाको किनारा लागिसकेको विवरणले देखाउँछ। चालूमध्ये एउटा ‘ओपन’ र दुइटा ‘ओपन/जजमेन्ट’ अवस्थाका छन्। तीनवटै मुद्दाको प्रकारमा ‘सीएन’ अर्थात् क्रिमिनल नन–ट्राफिक उल्लेख छ। जुन आपराधिक प्रकृतिको रहेको जानकार बताउँछन्।

मुद्दाको विवरणमा लामिछानेको ठेगाना क्यालिफोर्नियाको पार्कभिल्ले उल्लेख छ। यी मुद्दा लामिछानेले अमेरिकी नागरिकता त्यागेको भनिएको मिति आसपासदेखि पछिसम्मका छन्। डिस्कोभर बैंकले सन् २०१९ जनवरी २५ मा टाउसन जिल्ला अदालतमा हालेको मुद्दा ‘ओपन’ अवस्थाको हो। 

रेनहर्ट फुड सर्भिस एलएलसीले रुचि आई एलएलसीलाई हालेका दुई मुद्दामा लामिछाने जोडिएको देखिन्छ। जुन ‘ओपनरजजमेन्ट’ अवस्थामा छन्। टाउसन जिल्ला अदालतमै सन् २०१८ जुन १९ मा दर्ता भएका यी मुद्दा कर नतिरेको विषयसँग सम्बन्धित रहेको जानकार बताउँछन्। कानुन व्यवसायीका अनुसार यी मुद्दा सन् २०३१ सम्म जारी रहन्छन्। 

स्टेट अफ मेरिल्यान्डले २०१९ फेब्रुअरी १४ मा बाल्टिमोर काउन्टी सर्किट कोर्टमा लामिछानेविरुद्ध मुद्दा हालेको थियो। त्यो मुद्दा भने मान्छे नभेटाएका कारण बन्द भएको देखिन्छ। त्यसको विषय कर नतिरेको थियो। स्लोमिन्स आइएनसीले टाउसन जिल्ला अदालतमा सन् २०१८ फेब्रुअरी २३ मा मुद्दा हालेको देखिन्छ। त्यो मुद्दा पनि बन्द छ।

बैंक अफ अमेरिकाले २०१८ अप्रिल ३० मा  टाउसन जिल्ला अदालतमा हालेको मुद्दा पनि बन्द छ। अमेरिकन एक्सप्रेस नेसनल बैंकले सन् २०१८ अक्टोबर १२ मा मुद्दा दायर गरेको थियो। त्यो पनि बन्द छ। स्लोमिन्स आइएनसीले नै २०२० फेब्रुअरी १९ मा बाल्टिमोर कन्ट्री सर्किट कोर्टमा हालेको मुद्दा पनि किनारा लागेको देखिन्छ।

मिडल्यान्ड फन्डिङले सन् २०१९ जुन २५ मा टाउसन अदालतमै हालेको मुद्दा पनि बन्द देखिन्छ। सबै मुद्दामा गरी २५ देखि ३० लाख रुपैयाँ लामिछानेले तिर्नुपर्ने देखिएको जानकारको दाबी छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा