२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जग्गा धितो राखेर गाउँमा सडक

२०७३, ४ आश्विन मंगलवार १०:५२

असोज ४, बागलुङ । ऋण काढेर जिल्लाको रायडाँडावासीले गाउँमा सडक पु¥याएका छन् । 

गाउँलेले रु ७५ लाख ऋण खोजेर भकुन्डे– राम्तोला कृषि सडकलाई पूर्णता दिएका हुन् । रायडाँडाका पूर्व गाविस अध्यक्ष दीपेन्द्रबहादुर थापाले जग्गा धितो राखेर रु २० लाख ऋण लिएको बताउनुभयो । रु ९० लाखखर्च भएको सडकमा रु १४ लाख ७५ हजार जिल्ला विकास समितिले उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो । 

उक्त सडकको बीचमा पर्ने मान्द्रेको पहरामा ‘मार्ग’ खोल्न ठूलो रकम खर्च भएको समितिले जनाएको छ । समितिले उक्त खण्डमा पर्ने पाँच किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदललाई दिएको थियो । मार्ग खोलिएसँगै बागलुङ सदरमुकाम–रायडाँडा–बरेङ हुँदै गुल्मीको शान्तिपुरलाई सडकले जोडेको छ । 

“मार्ग खोल्न सहज होस् भनेर सेनालाई जिम्मा दिएका हौंँ,” अध्यक्ष केसीले भन्नुभयो । सेनाले बम विस्फोट लगायतका आधुनिक प्रविधिबाट कडा चट्टानलाई फोरेर सडक निर्माण गरेको हो । चर्को ब्याजमा ऋण खोजेर गाउँमा सडक पु¥याउनु रायडाँडावासीको बाध्यता भएको केसीको भनाइ छ । 

सडक निर्माणका क्रममा खर्च भएको ऋण रकम विकासे अड्डाको सहयोग लिएर र गाउँमा चन्दा उठाएर चुक्ता गर्ने योजना समितिले बनाएको छ । भीरको बाटो हुँदै सडक पुगेपछि पैदल हिँड्नुपर्ने दुई घन्टाको बाटो छोटिएको छ । सडकको पहुँचले गाउँमा उत्पादित कृषि उपजले बजार पाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ