२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जग्गा धितो राखेर गाउँमा सडक

४ आश्विन २०७३, मंगलवार १०:५२

असोज ४, बागलुङ । ऋण काढेर जिल्लाको रायडाँडावासीले गाउँमा सडक पु¥याएका छन् । 

गाउँलेले रु ७५ लाख ऋण खोजेर भकुन्डे– राम्तोला कृषि सडकलाई पूर्णता दिएका हुन् । रायडाँडाका पूर्व गाविस अध्यक्ष दीपेन्द्रबहादुर थापाले जग्गा धितो राखेर रु २० लाख ऋण लिएको बताउनुभयो । रु ९० लाखखर्च भएको सडकमा रु १४ लाख ७५ हजार जिल्ला विकास समितिले उपलब्ध गराएको उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो । 

उक्त सडकको बीचमा पर्ने मान्द्रेको पहरामा ‘मार्ग’ खोल्न ठूलो रकम खर्च भएको समितिले जनाएको छ । समितिले उक्त खण्डमा पर्ने पाँच किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदललाई दिएको थियो । मार्ग खोलिएसँगै बागलुङ सदरमुकाम–रायडाँडा–बरेङ हुँदै गुल्मीको शान्तिपुरलाई सडकले जोडेको छ । 

“मार्ग खोल्न सहज होस् भनेर सेनालाई जिम्मा दिएका हौंँ,” अध्यक्ष केसीले भन्नुभयो । सेनाले बम विस्फोट लगायतका आधुनिक प्रविधिबाट कडा चट्टानलाई फोरेर सडक निर्माण गरेको हो । चर्को ब्याजमा ऋण खोजेर गाउँमा सडक पु¥याउनु रायडाँडावासीको बाध्यता भएको केसीको भनाइ छ । 

सडक निर्माणका क्रममा खर्च भएको ऋण रकम विकासे अड्डाको सहयोग लिएर र गाउँमा चन्दा उठाएर चुक्ता गर्ने योजना समितिले बनाएको छ । भीरको बाटो हुँदै सडक पुगेपछि पैदल हिँड्नुपर्ने दुई घन्टाको बाटो छोटिएको छ । सडकको पहुँचले गाउँमा उत्पादित कृषि उपजले बजार पाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य