२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

मेस्सी र रोनाल्डोको रेकर्डलाई पछि पार्दै यी युवा स्ट्राइकर

२०७९, ७ फाल्गुन आईतवार १२:२०

नापोली । भिक्टोर ओसिम्हेन अहिले अविश्वरणीय सिजन बिताउँदै छन् । उनको उत्कृष्ट प्रदर्शनको मद्दतले नापोली यो सिजन इटालियन सिरिए ए मा हाबी छ । वर्तमान समयमा उनी विश्वकै उत्कृष्ट स्ट्राइकर हुन् भन्नेमा दुई मत छैन । युरोपका शीर्ष पाँच लिगमा उनी सबैभन्दा फर्ममा रहेका फरवार्ड हुन् ।

अहिले कै फर्मलाई लामो समय जारी राख्न सके ओसिम्हेन सर्वकालीन उत्कृष्ट बन्ने पक्का छ । शुक्रबार नाइजेरियाका खेलाडीले सासुलो विरुद्ध २–० जीत निकाल्ने क्रममा गोल गरे । उनको करियरको यो १ सयौँ गोल थियो । उनले यो कोशेढुंगा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा चाँडो पुरा गरेका हुन् ।


यद्यपि, अहिलेका दुई खेलाडी किलियान एम्बाप्पे र अर्लिङ हालान्डले भने ओसिम्हेनभन्दा कम खेलमा सो उपलब्धि हासिल गरेका छन् । यी दुई खेलाडी पनि अहिलेको सबैभन्दा उत्कृष्ट स्ट्राइकरको दाबेदारमा पर्छन् ।

युरोपका शीर्ष पाँच लिग –प्रिमियर लिग, सिरिए ए, ला लिगा, लिग वान र बुन्डेस लिगामा हालान्डले मात्र ओसिम्हेनभन्दा धेरै (२६) गोल गरेका छन् । 

सन् २०२० मा लिग वान टोली लिलबाट क्लबको कीर्तिमानी रकममा नापोली पुगेका ओसिम्हेनले यो सिजन १८ गोल गरिसकेका छन् । सिरिए ए को गोल्डन बुटको अन्य दाबेदारभन्दा उनी ६ गोलले अघि रहेका छन् । शुक्रबारको खेलको ३३ औँ मिनेटमा गरेको उनको गोल लगातार लिगका सातौँ खेलमा थियो ।

दुवै खुट्टाको साथै हेडबाट पनि गोल गर्न सक्ने क्षमताका कारण उनी यति सफल भएका हुन् । अहिले उनलाई भित्र्याउन युरोपका ठुला क्लबले रुचि देखाएका छन् । यो सिजन नापोलीको राम्रो प्रदर्शनमा ओसिम्हेनको फर्मको ठुलो योगदान छ । अहिले नै टोलीले लिगको शीर्ष स्थानमा १८ अंकको अग्रता बनाइसकेको छ र यो सिजन लिग उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । यदि त्यसो भयो भने नापोलीको इतिहासमा यो मात्र तेस्रो लिग उपाधि हुनेछ, डिएगो म्याराडोनाले क्लब छाडेपछि पहिलो । म्याराडोनाले क्लबलाई सन् १९८९–९० सिजनमा पछिल्लोपटक उपाधि जिताएका थिए ।–सीएनएन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला