2026-06-17 08:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुङ्गामा इजालास राख्ने निर्णयको उदयपुरमा विरोध

2016-09-20

असोज ४,ओखलढुंगा । उदयपुरका राजनैतिक दल, नागरिक समाज र कानुन व्यवयसायीहरुले उदयपुर जिल्लाको उच्च अदालतको ईजालासलाई ओखलढुङ्गा जिल्लामा राख्ने निर्णयको विरोध गरेका छन । 

नेपाल वार एसोसियसन उदयपुर ईकाईले आयोजना नगरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले ईजालस ओखलढुङ्गा नराख्न माग गरेका हुन । सरकारको भदौ २९ गतेको निर्णयानुसार न्यायालयको पुनसंरचना गर्दा उदयपुरलाई ओखलढुङ्गा अन्तरर्गत राखेको थियो । वार एसोसियसनको हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा एमाले अध्यक्ष इश्वरमणी राउतले भौगोलिक हिसावले उदयपुरको ईजालास ओखलढुङ्गा हुनै नसक्ने बताउनुभयो । 

उहाँले  उदयपुरका जनतालाई ओखलढुङ्गा न्याय माग्न जाउ भन्नु, न्याय नदिनु बराबर रहेको भन्दै सरकारले    त्रृटीपूर्ण निर्णय सच्याउनु पर्ने बताउनुभयो । माओवादी केन्द्रका नेता नारायण बुर्जाले उच्च अदालतको ईजालास ओखलढुङ्गा राख्न उपर्युक्त नहुने बताउनुभयो । 

नेता बुर्जाले सरकारको यो निर्णय त्रृटीपुर्ण रहेकाले भन्दै सच्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो । त्यसतै नेपाल पत्रकार महासंघका अध्यक्ष कुशल बाबु बस्नेतले पनि उदयपुरमा इजालास तोकिदा सर्वोकृष्ट हुने बताउनु भयो । 

आजै नेपाल बार एसोसियसन उदयपुरले एक विज्ञप्ती जारी गरि सरकारलाई तत्काल निर्णय सच्याउन आग्रह गरेको छ । वारका अध्यक्ष गणेश प्रसाद दाहालद्धारा जारी विज्ञप्तीमा सरकारले निर्णय नसच्याए चरणवद्ध आदोलनमा जाने चेतावनी समेत दिईएको छ । 

सोलु, ओखलढुङ्गा र खोटाङ्ग जिल्लाको भन्दा उदयपुर जिल्लामा मुद्दाको चाप दोब्बर रहेकोले उदयपुर अदालतलाई नै ईजालास कायम गर्नु पर्ने उदयपुरका सरोकारवालाहरुको माग रहेको सगरमाथा अनलाईनमा खबर छ । 

यता सरकारको ओखलढुंगामा ईजलास राख्ने निर्णयसँगै माथील्लो सगरमाथामा भने  खुसीयाली छाएको छ । ओखलढुंगामा सरकारको निर्णयसँगै कार्यालय व्यवस्थापन सहितको काम भईसकेको स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार ईजलासमा बस्ने कर्मचारीहरु जिल्ला आईसकेको छन् भने न्यायधिस भोली बुधबार आउने तयारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ