२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जनतालाई देशमा सरकार भएको प्रत्याभूति दिलाउन नेकपा माओवादी ओखलढुंगाको माग

४ आश्विन २०७३, मंगलवार १३:१४

पूर्णप्रसाद न्यौपाने/असोज ४, ओखलढुंगा । अत्यावश्यक सामानहरुमा पचास प्रतिशत छुट दिने व्यवस्था मिलाउन नेपाल कम्यूनिष्ट पार्टी माओवादी ओखलढुंगाले माग गरेको छ । 

दशै तिहार, छट लगाएतका नेपालीहरुको महानपर्वका समयमा पेट्रोलियम पदार्थ,दाल,चामल, नुन, तेल, मासु, तरकारी, फलफुल र यातायात भाडामा पचास प्रतिशत छुट दिने व्यवस्था मिलाउन विप्लप नेतृत्वको नेकपा माओवादी ओखलढुंगाले माग गरेको हो ।

आज मंगलबार पार्टीका जिल्ला सेक्रेटरी अमृत बस्नेत सहितको नेताहरुको टोलीले ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै पर्वका समयमा महंगी बढ्ने भएकाले त्यसतर्फ सचेत रहन ध्यानाकर्षण गराएका छन् । 

ज्ञापनपत्रमा भूकम्प र बाढि पहिरो पीडित जनतालाई आवश्यक रहात र पर्वमा विषेश छुटका साथ आवश्यक सामाग्री खरिदमा पचास प्रतिशत छुटको व्यवस्था मिलाएर देशमा सरकार छ भन्ने अनुभूति गराउन पनि माग गरिएको छ । पर्व सुरुहुनु अगावै औपचारीकरुपमा स्थानिय प्रशासनको ध्यानाकर्षण गराईएकाले आफुहरुका माग सम्बोधन नभए वा सर्वसाधारण जनतालाई दुःख दिने काम भएमा आन्दोलन गर्न बाध्यहुने नेकपा माओवादी ओखलढुंगाले जनाएको छ ।

यसैविच नयाँ शक्ति पार्टी नेपालले पनि केहि दिन अघि प्रमुख जिल्ला अधिकारी  मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । जनताका पक्षमा महत्वपूर्ण कदम चाल्न आग्रह गर्दै आगामी पाँच वर्ष भित्र देशलाई सम्बृद्ध बनाउने ठोस कार्यक्रम तत्काल घोषणा गर्न माग गरिएको छ । 

समाधानका उपाय सहितको समस्या दर्शाउँदै अघि बढिररहेकाले सरकारले आफुहरुका माग पुरा गर्नुको विकल्प नै नभएको नयाँ शक्ति नेपालका केन्द्रिय सह संयोेजक महेश कुमार कोर्मोचाको भनाई छ । नयाँ शक्ति पार्टी नेपालले सरकारलाई २५ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ