2026-09-18 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जनतालाई देशमा सरकार भएको प्रत्याभूति दिलाउन नेकपा माओवादी ओखलढुंगाको माग

पूर्णप्रसाद न्यौपाने/असोज ४, ओखलढुंगा । अत्यावश्यक सामानहरुमा पचास प्रतिशत छुट दिने व्यवस्था मिलाउन नेपाल कम्यूनिष्ट पार्टी माओवादी ओखलढुंगाले माग गरेको छ । 

दशै तिहार, छट लगाएतका नेपालीहरुको महानपर्वका समयमा पेट्रोलियम पदार्थ,दाल,चामल, नुन, तेल, मासु, तरकारी, फलफुल र यातायात भाडामा पचास प्रतिशत छुट दिने व्यवस्था मिलाउन विप्लप नेतृत्वको नेकपा माओवादी ओखलढुंगाले माग गरेको हो ।

आज मंगलबार पार्टीका जिल्ला सेक्रेटरी अमृत बस्नेत सहितको नेताहरुको टोलीले ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै पर्वका समयमा महंगी बढ्ने भएकाले त्यसतर्फ सचेत रहन ध्यानाकर्षण गराएका छन् । 

ज्ञापनपत्रमा भूकम्प र बाढि पहिरो पीडित जनतालाई आवश्यक रहात र पर्वमा विषेश छुटका साथ आवश्यक सामाग्री खरिदमा पचास प्रतिशत छुटको व्यवस्था मिलाएर देशमा सरकार छ भन्ने अनुभूति गराउन पनि माग गरिएको छ । पर्व सुरुहुनु अगावै औपचारीकरुपमा स्थानिय प्रशासनको ध्यानाकर्षण गराईएकाले आफुहरुका माग सम्बोधन नभए वा सर्वसाधारण जनतालाई दुःख दिने काम भएमा आन्दोलन गर्न बाध्यहुने नेकपा माओवादी ओखलढुंगाले जनाएको छ ।

यसैविच नयाँ शक्ति पार्टी नेपालले पनि केहि दिन अघि प्रमुख जिल्ला अधिकारी  मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । जनताका पक्षमा महत्वपूर्ण कदम चाल्न आग्रह गर्दै आगामी पाँच वर्ष भित्र देशलाई सम्बृद्ध बनाउने ठोस कार्यक्रम तत्काल घोषणा गर्न माग गरिएको छ । 

समाधानका उपाय सहितको समस्या दर्शाउँदै अघि बढिररहेकाले सरकारले आफुहरुका माग पुरा गर्नुको विकल्प नै नभएको नयाँ शक्ति नेपालका केन्द्रिय सह संयोेजक महेश कुमार कोर्मोचाको भनाई छ । नयाँ शक्ति पार्टी नेपालले सरकारलाई २५ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई