३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मार्मा क्षेत्रमा पहिलोपटक गाडी पुग्यो

५ आश्विन २०७३, बुधबार ०४:२६

असोज ५, बैतडी । दार्चुलाको मार्माक्षेत्रका पहिलोपटक गाउँ गाडी पुगेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट आएको महाकाली यातायातका ना५ख ७३५७ नम्बरकोे बस पहिलोपटक लटिनाथबजारमा पुगेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा हर्षित बनेका छन् । 

दार्चुलाको दुर्गम क्षेत्रका रुपमा रहेको मार्माक्षेत्रमा मङ्गलबार पहिलोपटक गाडी पुगेको हो । “हाम्रो गाउँमा पहिलोपटक गाडी पुग्दा निकै खुसी भएका छौँ,” स्थानीयवासी दिनेश सिंहले भन्नुभयो – “पहिलोपटक गाउँमै बस पुगेको छ । अब बस चढेर सजिलै गाँउमै पुगिने भयो ।” 

पहिलोपटक लटिनाथमा बस पुगेपछि स्थानीय बासिन्दाले बसचालक र बसधनीलाई भव्य स्वागतसमेत गरेका थिए । मार्मा क्षेत्रमा गाडी पु¥याउन सडक केही अप्ठ्यारो भए पनि अब नियमित बस सञ्चालनमा आउने बस धनी दिनेशबहादुर चन्दले बताउनुभयो । 

यसअघि रिलपैरो भन्ने ठाउँमा पहिरो जानुका साथै अन्य केही ठाउँमा सडक साँघुरो भएकाले त्यस क्षेत्रमा बस सञ्चालन हुन सकेको थिएन । पहिरो गएको ठाउँमा जेसिबीले पहिरो पन्छाउनुका साथै सडक फराकिलो गरेपछि बस सञ्चालनमा आएको हो । यसअघि बैतडीको गन्नाबजारसम्म मात्र बस चल्दै आएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन