२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

एमालेले नेम्वाङलाई मत माग्दै १७ ठाउँमा पठाए पत्र

१५ फाल्गुन २०७९, सोमबार ०३:४१

फागुन १५, काठमाडौँ | यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा (एमाले) ले १७ ठाउँ पत्र पठाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै दल र स्वतन्त्र सांसदलाई पत्र पठाएका हुन् ।

संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई समेत पत्र लेखेर मत दिन अनुरोध गरिएको नेकपा एमालेले जनाएको छ । कांग्रेसको आफ्नै उम्मेदवार भएकाले उक्त दलबाट मत विभाजन नहुने भएपछि पत्र नपठाएको एमालेको भनाइ छ । एमाले सचिव पद्मा अर्यालले भने- 'हामीले आफ्नै उम्मेदवार कांग्रेसबाहेक सबै दल र स्वतन्त्र सांसदहरूलाई समेत गरेर १७ वटा पत्र लेखेका छौं । विश्वास छ, उहाँहरूले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिनुहुन्छ ।' यो संविधान र लोकतन्त्रको रक्षाका लागि कानुनका ज्ञातासमेत रहेका नेम्वाङलाई उठाएका कारण गठबन्धनमा आबद्ध सबै दलहरूले उनलाई नै साझा उम्मेदवार मानेर मतदान गर्नुपर्ने अर्यालको भनाइ छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य