2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

असोज ५, लमजुङ । जिल्लाको पूर्वी भागमा रहेको पिजेदी खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । 

खोला तर्ने क्रममा गौडा–१ का ५० वर्षिय सुखे गुरुङ र पाचोक–५ का १३ वर्षिय सुजन गुरुङलाई बगाएको हो । वर्षापछि बढेको खोला तर्ने क्रममा मङ्गलवार साँझ दुई जनालाई नै एकसाथ खोलाले बगाएको थियो । उनीहरुको मृत शरीर करिव एकसय ५० मिटर तल फेला पारिएको थियो । 

मङ्गलबार अपरान्हदेखि भारी वर्षाका कारण खोला बढेको थियो । ठाडो खहरे खोलामा बाढी आएको र आवतजावतका लागि पुल नहुँदा बगाएको स्थानीय बासिन्दाले बताएका छन् । गुरुङ द्वय आफन्त रहेको थाहा भएको छ । 

घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले घटनास्थलबाट शव निकालिएको र परीक्षणका लागि सदरमुकाम ल्याइँदै गरेको  जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल