१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘हामीलाई बेवास्ता गरेर कसैले मुलुकलाई चलाउन खोज्छ भने त्यो सम्भव छैन ’ : माधव नेपाल

१५ फाल्गुन २०७९, सोमबार ०८:१८

फागुन १५, सुर्खेत | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुलाई बेवास्ता गरी मुलुक चलाउन सम्भव नहुने बताएका छन् । 

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । नेपाल सोमबार पार्टी प्रशिक्षणका लागि सुर्खेत आइपुगेका हुन् । यसअघिका निर्वाचनमा अपेक्षा गरेअनुसार नतिजा नआएको बताउँदै उनले त्यसलाई नकरात्मक भन्दा पनि सकारात्मक रुपम लिँदै पार्टीलाई सुदृढीकरण गरिने बताए । नेपालले आफुहरुले आँट गरेको खण्डमा राजनीतिकको कोर्ष नै परिवर्तन गर्न सकिने दाबी गरे । ‘यसअघि पनि हामीले पटक–पटक त्यस्ता कार्य गर्न सफल भएकै हो, अहिले कुन ठुलो कुरा भयो र ?,’ नेपालले भने, ‘हामीलाई बेवास्ता गरेर कसैले मुलुकलाई चलाउन खोज्छ भने त्यो सम्भव छैन ।’  

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अहिलेको गठबन्धनले कुन मोड लिने हो अहिले नै यसै भन्न नसकिने तर्क गरे ।  ‘हामीले अथक प्रयासबाट कांग्रेस नेता रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिको उम्मेदवार खडा गरेका छौं, हामीले अघि सारेका उम्मेदवार पौडेल नै विजयी हुनुहुन्छ भन्ने आशा छ,’ नेपालले भने ।  एमाले अध्यक्ष केपी ओलीसँगको वार्ताका विषयमा बोल्दै उनले सुरुमा उनी सकरात्मक देखिए पनि अन्तिममा कुरा नमिलेको बताए । उनले भने,‘केपीजीले हामीसँग वार्ता गरेपछि ०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल थालेका थियौं तर हुन सकेन ।’ 

अहिले आफुहरु आठ दलीय गठबन्धन बनाएर अघि बढेको बताउँदै उनले ओली राजतन्त्र पुर्नःस्थापना गर्न चाहने शक्तिहरुसँग मिलेर गएको बताए ।  पार्टी एकताको सन्दर्भमा बोल्दै अध्यक्ष नेपालले विचारको आधारमा सहकार्य गर्ने सोच एकीकृत समाजवादीको रहेको बताए । ‘त्यसमा पनि अझै विचार, सिद्धान्त, कार्यशैली मिल्छ भने हामी पार्टी एकताको पक्षमा छौं,’ नेपालले भने,‘ यदि त्यसो नभएको खण्डमा हामी एकीकृत समाजवादीलाई देशको निर्णायक शक्तिको रुपमा स्थापित गर्न लागिरहेका छौं ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक