१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सन्दीपलाई यूएई पठाउन क्यानले आइसीसीसँग माग्यो अनुमति, भिसा प्रक्रिया पनि अगाडि बढाउँदै

१६ फाल्गुन २०७९, मंगलवार ०६:०५

फागुन १६, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यूएई पठाउन प्रक्रिया सुरु गरेको छ ।

सन्दीपलाई नेपाली टिममा थप्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग अनुमति मागिएको र संवाद भइरहेको क्यानका प्रवक्ता दुर्गा पाठकले बताए ।

प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा आइसीसीसँग अनुमति लिनुपर्ने हुन्छ । नेपालको १५ सदस्यीय टिम शनिवार यूएई गएको थियो र हिजो पहिलो खेल नेपालले खेलिसकेको छ । बाँकी तीन खेलका लागि क्यानले सन्दीपलाई टिममा प्रतिस्थापन गर्न चाहेको हो । कुन खेलाडीको स्थानमा सन्दीपलाई राख्ने भन्ने निधो भई नसकेको पाठकले उल्लेख गरे ।


‘पहिले त सन्दीपलाई टिममा थप्नका लागि आईसीसीले अनुमति दिनुपर्‍यो,’ उनले भने, ‘उसले हामीसँग बीचमा खेलाडी परिवर्तन गर्नुपर्ने कारण मागेको छ र हामीले पनि दिइसकेका छौँ ।’

क्यानले यसअघि विदेश भ्रमणमा रोक लागेकाले सन्दीपलाई टिममा राख्न नसकिएको र हिजो सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेकाले उनलाई पठाउन खोजिएको जवाफ दिएको छ ।

यसमा आइसीसीले निर्णय दिइसकेको छैन ।

क्यानले यसअघि नेपालमा भएको शृङ्खला अघि १४ जना खेलाडीको नाम आइसीसीमा दर्ता गराएको थियो । त्यसमा सन्दीप पनि थिए । त्यसकै आधारमा अहिले उनलाई टिममा थप्न समस्या नहुने क्यानको विश्वास छ ।

क्यानले आइसीसीसँग लिखित र मौखिकरुपमा संवाद गरिरहेको छ । आइसीसीको टेक्निकल कमिटी तथा डभलपमेन्ट हेर्ने अधिकारीहरूसँग कुरा भइरहेको पाठकले बताए । आइसीसीबाट अनुमति मिलेको खण्डमा आजै भिसा अप्लाइ गरिने पाठकले बताए ।

टेक्निकल कमिटीमा यूएइका व्यक्तिहरूसमेत भएकाले उनीहरूले सन्दीपलाई थप्ने अनुमति प्रदान गर्न आनाकानी गर्न सक्ने बुझिएको छ ।

‘सन्दीपबाट आफ्ना ब्याट्सम्यानहरूलाई खतरा हुने भएकाले सकभर त्यो सम्भावना उनीहरू टार्न चाहन्छन्,’ क्यानका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक