२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सन्दीपलाई यूएई पठाउन क्यानले आइसीसीसँग माग्यो अनुमति, भिसा प्रक्रिया पनि अगाडि बढाउँदै

२०७९, १६ फाल्गुन मंगलवार ०६:०५

फागुन १६, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यूएई पठाउन प्रक्रिया सुरु गरेको छ ।

सन्दीपलाई नेपाली टिममा थप्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग अनुमति मागिएको र संवाद भइरहेको क्यानका प्रवक्ता दुर्गा पाठकले बताए ।

प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा आइसीसीसँग अनुमति लिनुपर्ने हुन्छ । नेपालको १५ सदस्यीय टिम शनिवार यूएई गएको थियो र हिजो पहिलो खेल नेपालले खेलिसकेको छ । बाँकी तीन खेलका लागि क्यानले सन्दीपलाई टिममा प्रतिस्थापन गर्न चाहेको हो । कुन खेलाडीको स्थानमा सन्दीपलाई राख्ने भन्ने निधो भई नसकेको पाठकले उल्लेख गरे ।


‘पहिले त सन्दीपलाई टिममा थप्नका लागि आईसीसीले अनुमति दिनुपर्‍यो,’ उनले भने, ‘उसले हामीसँग बीचमा खेलाडी परिवर्तन गर्नुपर्ने कारण मागेको छ र हामीले पनि दिइसकेका छौँ ।’

क्यानले यसअघि विदेश भ्रमणमा रोक लागेकाले सन्दीपलाई टिममा राख्न नसकिएको र हिजो सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेकाले उनलाई पठाउन खोजिएको जवाफ दिएको छ ।

यसमा आइसीसीले निर्णय दिइसकेको छैन ।

क्यानले यसअघि नेपालमा भएको शृङ्खला अघि १४ जना खेलाडीको नाम आइसीसीमा दर्ता गराएको थियो । त्यसमा सन्दीप पनि थिए । त्यसकै आधारमा अहिले उनलाई टिममा थप्न समस्या नहुने क्यानको विश्वास छ ।

क्यानले आइसीसीसँग लिखित र मौखिकरुपमा संवाद गरिरहेको छ । आइसीसीको टेक्निकल कमिटी तथा डभलपमेन्ट हेर्ने अधिकारीहरूसँग कुरा भइरहेको पाठकले बताए । आइसीसीबाट अनुमति मिलेको खण्डमा आजै भिसा अप्लाइ गरिने पाठकले बताए ।

टेक्निकल कमिटीमा यूएइका व्यक्तिहरूसमेत भएकाले उनीहरूले सन्दीपलाई थप्ने अनुमति प्रदान गर्न आनाकानी गर्न सक्ने बुझिएको छ ।

‘सन्दीपबाट आफ्ना ब्याट्सम्यानहरूलाई खतरा हुने भएकाले सकभर त्यो सम्भावना उनीहरू टार्न चाहन्छन्,’ क्यानका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक