११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यी हुन् सम्पत्ति विवरण नबुझाउने ११ सांसद

१६ फाल्गुन २०७९, मंगलवार ०६:४०

फागुन १६, काठमाडौँ | निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाको  ११ सांसदले उल्लङ्घन गरेका छन् । सङ्घीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ । 

सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा ठुलो दल कांग्रेसका सांसदहरू उदय शमशेर जबरा, अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद टेकबहादुर गुरुङ छन् । एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी, राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका सांसद महीन्द्र राय यादव रहेका छन् । 

यस्तै यसअघि ज्येष्ठ सदस्यको रूपमा अध्यक्ष भएर सांसदहरूलाई शपथ खुवाएका राप्रपाका सांसद पशुपति शमशेर जबराले पनि सम्पत्ति विवरण नबुझाएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सम्पत्ति विवरण नबुझाएका सांसदहरूले अब ५ हजार जरिवाना बुझाएर अझै १ महिनासम्म सम्पत्ति विवरण बुझाउनसक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा