११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति चुनावमा रास्वपाले ह्विप नलगाउने !

१६ फाल्गुन २०७९, मंगलवार ०६:५४

फागुन १६, काठमाडौँ | राष्ट्रपति चुनाव नजिकिँदै गर्दा सबै दलहरूले लगभग आफ्नो कित्ता स्पष्ट पारिसकेका छन् । तर, संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी भने अनिर्णीत देखिएको छ । हिजो बसेको रास्वपाको केन्द्रीय समिति बैठकले राष्ट्रपति चुनावलाई लिएर कुनै निर्णय गरेन ।

बैठकको एजेन्डा चितवन–२ मा हुने उपनिर्वाचन मात्र थियो । यद्यपि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने अनौपचारिक छलफल भएको एक नेताले बताएका छन् । तर, ठोस निष्कर्ष भने निस्किएन ।


पार्टीगत हिसाबले रास्वपा नेकपा एमालेसँग नजिक छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्रीमा पुनर्बहाली गर्न निकै जोड बल लगाएका थिए ।

यसअघि रविलाई गृह दिन पनि ओलीकै भूमिका थियो । त्यसको गुन तिर्नका लागि पनि एमाले उम्मेदवारलाई समर्थन गर्नुपर्ने नैतिक दबाब छ ।

अर्कोतर्फ यति बेला सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसँग पनि रास्वपाले दूरी बढाउन चाहेको छैन । सरकारलाई दिएको समर्थन कायम राख्नुको कारण पनि यही नै हो ।

चितवनमा रविले चुनाव जितेपछि पार्टीलाई सरकारमा फर्किने बाटो बन्द नहोस् भनेर यो रणनीति बनाइएको रास्वपा स्रोतको दाबी छ । यो कोणबाट हेर्दा उसले नयाँ गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्नुपर्ने हुन्छ ।

यही दोहोरो दबाबका कारण रास्वपाले राष्ट्रपति चुनावलाई लिएर पार्टीगत निर्णय नगर्ने सम्भावना बढेको स्रोत बताउँछ ।

‘सांसदहरूलाई नै स्वविवेकीय निर्णय गर्ने अधिकार प्रदान गर्न सकिने विषयमा सरसल्लाह भइरहेको छ,’ स्रोतले भन्यो ।

रास्वपा प्रवक्ता डा. मुकुल ढकाल राष्ट्रपति चुनावमा के गर्ने भनेर टुंगोमा नपुगिसकेको बताउँछन् । गोप्य मतदान हुने भएकाले पार्टीले ह्विप लगाउनु कति सान्दर्भिक हुन्छ भन्ने कोणबाट पनि बहस भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा