१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव नेपालले चाहेको भए राष्ट्रपति बन्ने संभावना थियो: गगन थापा

१६ फाल्गुन २०७९, मंगलवार ०९:००

फागुन १६, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस १० मा बनेको गठबन्धन अस्वभाविक भएकाले भत्किएको बताएका छन्।

मंगलबार काठमाडौंमा काठमाडौं क्षेत्र नम्बर ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुस १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्ती सच्चाइएको बताएका हुन्।


उनले पुस १० मा भएको गल्ती सच्याएर अस्भाविक रुपमा बनेको गठबन्धन भत्काएको टिप्पणी गरे। उनले भने,'पुस १० मा जुग गठबन्धन बनेको थियो त्यो त्यो अस्वभाविक, अप्राकृतिक र अबान्छित थियो। त्यसैले भत्कियो।'

निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिवद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई व्युताउन सफल भएको उनले बताए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड'ले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नबन्ने भन्दै उनले अहिलेको गठबन्धन पदका लागि नभएको दावी गरे।

थापाले अब गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने बताए। उनले केन्द्रदेखि प्रदेशसम्म ८ दलीय गठबन्धनको सरकार बन्ने दावी गरे। उनले जनतालाई कामले परिणाम दिन नसके फेरि अप्ठेरो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड दिए।

उनले माधव नेपालले चाहेको भए राष्ट्रपति बन्न सक्ने संभावना रहेको बताए। उनले भने,'एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा इच्छा व्यक्त गरेको भए बन्ने संभावना थियो।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक