१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले बाहिरिएपछि मन्त्रिपरिषद्‍ बैठकका यस्ता छन् ९ निर्णय

१६ फाल्गुन २०७९, मंगलवार ११:४४

फागुन १६, काठमाडौँ | सबैभन्दा ठूलो दल एमाले सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद्को बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ ।

१५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ मन्त्रालयसम्बन्धी ९ वटा निर्णय गरेको हो । 

बैठकले कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरूको पाँचौँ संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलको फागुन १९ देखि २३ गतेसम्मको भ्रमणलाई स्वीकृत गरेको छ । 

बैठकले गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३।८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयातसम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ । 

बैठकले काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा प्रशासकीय भवन बनाउने राष्ट्रिय वनक्षेत्रको ६ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ । 

बैठकले सहिद घोषणा भई राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेका सहिदहरूको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक