१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कालोमोसो दलेको आरोपमा विप्लवका जिल्ला इन्चार्ज पक्राउ

१७ फाल्गुन २०७९, बुधबार ०९:३८

फागुन १७, काठमाडौँ | जाजरकोटमा लघुवित्तकर्मीमाथि कालोमोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । ऋणको किस्ता उठाउन आएको भन्दै एनआईसी लघुवित्तका कर्मचारी गोपालप्रसाद उपाध्यायलाई कालोमोसो दल्ने विप्लपका ४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

जागरकोटको भेरी नगरपालिका ११ मा किस्ता उठाउने बाहनामा ऋणीलाई टर्चर दिएको, घरमा ताला लगाउने धम्की दिएको र घरबारविहिन बनाएको भन्दै नेत्र विक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताकाले उपाध्यायलाई कालोमोसो दलेका थिए । कालोमोसो दलेको सूचना विप्लव नेतृत्वको नेकपाले विज्ञप्ती नै जारी गर्दै सार्वजनिक गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक नवीन चुँजालीले बताएका छन् ।

‘लघुवित्तकर्मीलाई कालोमोसो दलेको आरोपमा अहिले ४ जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरुले किस्ता उठाउन गएका कर्मचारीलाई जबरजस्ती कालोमोसो दलेको आरोप छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै इन्स्पेक्टर चुँजालीले भने, ‘अहिले उनीहरुमाथि थप अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरीका अनुसार पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपा जाजरकोटका जिल्ला इन्चार्ज पैरख, सेक्रेटरी विराजन सी, कर्ण बस्याल र दिपेन्द्र सिंह रहेका छन् ।

कालोमोसो दलेपछि राज्यबिहीन भयौं भन्ने लघुत्तिका कर्मचारीले विप्लवका कार्यकर्ता पक्राउ परेपछि भने न्याय पाएको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी