2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कालोमोसो दलेको आरोपमा विप्लवका जिल्ला इन्चार्ज पक्राउ

फागुन १७, काठमाडौँ | जाजरकोटमा लघुवित्तकर्मीमाथि कालोमोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । ऋणको किस्ता उठाउन आएको भन्दै एनआईसी लघुवित्तका कर्मचारी गोपालप्रसाद उपाध्यायलाई कालोमोसो दल्ने विप्लपका ४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

जागरकोटको भेरी नगरपालिका ११ मा किस्ता उठाउने बाहनामा ऋणीलाई टर्चर दिएको, घरमा ताला लगाउने धम्की दिएको र घरबारविहिन बनाएको भन्दै नेत्र विक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताकाले उपाध्यायलाई कालोमोसो दलेका थिए । कालोमोसो दलेको सूचना विप्लव नेतृत्वको नेकपाले विज्ञप्ती नै जारी गर्दै सार्वजनिक गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक नवीन चुँजालीले बताएका छन् ।

‘लघुवित्तकर्मीलाई कालोमोसो दलेको आरोपमा अहिले ४ जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरुले किस्ता उठाउन गएका कर्मचारीलाई जबरजस्ती कालोमोसो दलेको आरोप छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै इन्स्पेक्टर चुँजालीले भने, ‘अहिले उनीहरुमाथि थप अनुसन्धान गरिरहेका छौँ ।’

प्रहरीका अनुसार पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपा जाजरकोटका जिल्ला इन्चार्ज पैरख, सेक्रेटरी विराजन सी, कर्ण बस्याल र दिपेन्द्र सिंह रहेका छन् ।

कालोमोसो दलेपछि राज्यबिहीन भयौं भन्ने लघुत्तिका कर्मचारीले विप्लवका कार्यकर्ता पक्राउ परेपछि भने न्याय पाएको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते