१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस नेता सिंह भन्छन्– बिथोलिएको राजनीति सही ट्र्याकमा आयो

१८ फाल्गुन २०७९, बिहीबार ०५:३८

फागुन १८, काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वातावरण सही ट्र्याकमा आएको बताएका छन्। बिहीबार सिरहा जाने  क्रममा  धनुषा पार्टी कार्यलयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले उक्त कुरा बताएका हुन्।

नेता सिंहले निर्वाचनमा जानेबेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनले म्यान्डेट पाएको बताउँदै केही समय असहजतातर्फ अघि बढेको राजनीति अहिले जनमत अनुरुपको अवस्थामा आइपुगेको टिप्पणी गरे। उनले अब ८ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने विश्वास व्यक्त गरे।

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेको जित सुनिश्चित रहेको बताउँदै नेता सिंहले त्यसबारे कुनै दुविधा नराख्न आग्रह गरे। उनले सरकार ८ दलबीचको  समझदारीअनुसार अगाडि बढ्ने दाबी गरे। 

अहिले मुलुको अर्थतन्त्र संकटमा रहेकाले धरासायी बनेको परिस्थितलाई समालेर जानुपर्ने चुनौती रहेको बताए। उनले सरकारको पहिलो काम नागरिकमा आशा जगाउनु रहेको बताए। 

हरेक चुनौतीको सामना गर्दै सहज राजनीतिक वातावरण निर्माण गरेर मुलुक अगाडि बढाउनु पर्ने दायित्व समेत राजनीति दलसामू रहेको सिंहको भनाइ छ। 

विगतमा जे जति गल्ती कमजोरी भए पनि अब यो गठबन्धन भित्र कुनै असमझदारी नरहेकाले राजनीति कोर्स सहज रुपमा अगाडि बढेको सिंहले दाबी गरे। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी