१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेको ‘मिसन ग्रासरूट’ अभियान : जिल्लाजिल्लामा अभिमुखीकरण

१८ फाल्गुन २०७९, बिहीबार ०८:३२

फागुन १८, काठमाडौँ | नेकपा (एमाले)ले यही फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरणलगायतका गतिविधि सञ्चालन गरेको छ ।

निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । एमालेको सचिवालयको पन्ध्रौंँ बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न अभियान सञ्चालन गरी केन्द्रीय, प्रादेशिक र जिल्ला नेतालाई स्थानीय तहस्तरमा खटाउने निर्णय गरेको थियो । अभियानका लागि केन्द्रीय कमिटीका सदस्यहरू दुई महिना स्थानीय तहमै रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ ।

हालसम्म नुवाकोटमा पार्टी सचिव गोकर्णराज विष्ट, जुम्लामा सचिव योगेशकुमार भट्टराई, पर्वतमा स्थायी कमिटी सदस्य खगराज अधिकारी, गोरखामा स्थायी कमिटी सदस्य किरण गुरूङ, उदयपुरमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, बारामा पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, बाँकेमा केन्द्रीय सदस्य डकबहादुर खड्का, तनहुँमा सचिव पद्मा अर्यालको उपस्थितिमा बैठक र भेला भई कार्यविभाजन भएको छ ।

एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनतालाई जागरूक बनाउँदै एमालेलाई बहुमतमा पु¥याउन कार्यकर्ता गाउँघरमा खटिने बताउनुभयो । उहाँले एमाले कुनै पनि शक्ति सामु नझुक्ने र आफ्नो बलमा उभिएर सही मुद्दाका साथ जनताको इजलाशमा खडा भएकाले जनताबाट न्याय पाउने अपेक्षामा रहेको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी