2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेको ‘मिसन ग्रासरूट’ अभियान : जिल्लाजिल्लामा अभिमुखीकरण

फागुन १८, काठमाडौँ | नेकपा (एमाले)ले यही फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरूट’ अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरणलगायतका गतिविधि सञ्चालन गरेको छ ।

निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । एमालेको सचिवालयको पन्ध्रौंँ बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न अभियान सञ्चालन गरी केन्द्रीय, प्रादेशिक र जिल्ला नेतालाई स्थानीय तहस्तरमा खटाउने निर्णय गरेको थियो । अभियानका लागि केन्द्रीय कमिटीका सदस्यहरू दुई महिना स्थानीय तहमै रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ ।

हालसम्म नुवाकोटमा पार्टी सचिव गोकर्णराज विष्ट, जुम्लामा सचिव योगेशकुमार भट्टराई, पर्वतमा स्थायी कमिटी सदस्य खगराज अधिकारी, गोरखामा स्थायी कमिटी सदस्य किरण गुरूङ, उदयपुरमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, बारामा पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, बाँकेमा केन्द्रीय सदस्य डकबहादुर खड्का, तनहुँमा सचिव पद्मा अर्यालको उपस्थितिमा बैठक र भेला भई कार्यविभाजन भएको छ ।

एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जनतालाई जागरूक बनाउँदै एमालेलाई बहुमतमा पु¥याउन कार्यकर्ता गाउँघरमा खटिने बताउनुभयो । उहाँले एमाले कुनै पनि शक्ति सामु नझुक्ने र आफ्नो बलमा उभिएर सही मुद्दाका साथ जनताको इजलाशमा खडा भएकाले जनताबाट न्याय पाउने अपेक्षामा रहेको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते