फागुन १८, काठमाडौँ | नेकपा (एमाले)का नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग राष्ट्रपतिमा पूर्वसभामुख सुवास नेम्वाङलाई मत दिन आग्रह गरेका छन् ।
रास्वपाको कार्यालय बसुन्धारा पुगेका नेताहरुले नेम्वाङको पक्षमा भोट मागेका हुन् । राष्ट्रपतिका उमेदवार नेम्वाङसहित नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत रास्वपा कार्यालय पुगेका थिए ।
रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले नेम्वाङलाई शुभकामना दिँदै मतबारे पार्टीको बैठक बसेर निर्णय दिने जवाफ दिइएको बताए ।
“उहाँहरुले भोट माग्नुभयो । हामीले शुभकामना दियौँ । मतबारे पार्टीले निर्णय गर्ने हो निर्णय गर्न बाँकी छ । निर्णय गर्छौंं भन्यौं,” उनले बाह्रखरीसँग भने । एमाले नेताहरु आजै नेकपा (एकीकृत समाजवादी)को कार्यालय पनि पुगेका थिए ।