१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वकप लिग २: सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप दोस्रोमा उक्लिए

१८ फाल्गुन २०७९, बिहीबार ११:४५

फागुन १८, काठमाडौँ | विश्वकप लिग २ मा सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका सन्दीप लामिछाने दोस्रो स्थानमा उक्लेका छन् । आज जारी खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा उनको विकेट संख्या ५८ पुगेको छ ।

नेपालमा हालै भएको त्रिकोणात्मक श्रृंखलामा १३ विकेट लिएका सन्दीपले यूएईको श्रृंखलामा पहिलो म्याच गुमाएका थिए । आज भएको दोस्रो म्याचमा उनले आफ्नो लय कायम राख्दै शानदार प्रदर्शन गर्न सफल भए । सन्दीपले केवल २७ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका थिए ।

लिग २ मा सर्वाधिक विकेट लिने बलरको सूचीमा ओमानका बिलाल खान छन् । उनले ३५ म्याचमा ७६ विकेट लिइसकेका छन् । विलालभन्दा १० म्याच कम खेलेका सन्दीपले ५८ विकेट लिँदै दोस्रो स्थान बनाएका हुन् । अमेरिकाका एसएन नेत्रभल्करले पनि ५८ विकेट नै लिएका छन्, तर उनको भन्दा सन्दीपको स्ट्राइक रेट राम्रो छ । नेत्रभल्करले पनि सन्दीपभन्दा १० म्याच बढी खेलेका छन् ।

सन्दीपले १५.५५ को औसत र ३.९४ को इकोनोमीमा बलिङ गरिरहेका छन् । उनको औसत लिग २ मा बलिङ गर्ने सबै देशका बलरहरूको भन्दा राम्रो छ । सन्दीपले अब लिग २ अब बढीमा ६ म्याच खेल्न सक्छन् । सूचीको पहिलो स्थानमा आउन उनले ६ खेलमा १९ विकेट लिनुपर्ने हुन्छ, जुन निकै कठिन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक