११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई स्थानीयले रोके

१८ फाल्गुन २०७९, बिहीबार ११:५२

फागुन १८, काठमाडौँ | भक्तपुरको बहुचर्चित नगरकोट सडकको बिहीबार अनुगमनमा पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठलाई स्थानीयले रोकेका छन्। 

भक्तपुरको नगरकोट सडकअन्तर्गत सल्लाघारीदेखि गाडीमा आएका श्रेष्ठको टोलीलाई बास्कोटाले टोलीवासीले रोकेका हुन्। 

सडकको अवस्थाको अवलोकन गर्न मन्त्री आएको थाहा भएपछि तेलकोटभन्दा एक किलोमिटरमाथि स्थानीय सडकमा आएर सवारीलाई रोकका हुन्। 

स्थानीयले बाटोमा पुगेर सवारीलाई रोक्न खोजेपछि प्रहरीले उनीहरूलाई हटाउन खोजेका थिए। तर हटाउन नसकेपछि गाडी रोकिएको थियो। घटना थाहा पाएपछि उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली बाहिर आएको थियो। 

गाडीबाट बाहिर आएर उपप्रधानमन्त्री श्रेष्ठले स्थानीयको दुखेसो सुनेका थिए। स्थानीयको आक्रोश देखेपछि उनले सडक अब छिटै बन्ने प्रतिवद्धता जनाई गाडीमा चढेका थिए। 

तर आक्रोशित भीडले जतिपटक मन्त्री अनुगमन आउने गरे पनि केही नभएको, यसका लागि पुराना पार्टीको भर छैन। रवि लामिछाने, बालेन शाह आउनुपर्छ भनेपछि गाडी चढेका मन्त्री भीडमा आएका थिए। 

भीडमा पुगेपछि मन्त्री श्रेष्ठ र स्थानीयवीच भनाभन परेको थियो। त्यहाँ झण्डै आधा घण्टा स्थानीयसँग रोकिएको थियो। सल्लाघारीदेखि नगरकोटसम्मको सडकमा पुगेर श्रेष्ठले सडकको अवस्थाबारे अनुगमन गरेका थिए। 

साढे ९ बजेदेखि साढे ११ सम्म उनले सडकमा बिताएका थिए। मन्त्री श्रेष्ठको टोली नगरकोटसम्मै पुगेको थियो। उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालाहरू अनुगमनमा सहभागी थिए। अनुगममको क्रममा भारतीय राजदुतको पनि सहभागिता रहेको थियो। 

विभिन्न नगरपालिकाका प्रमुखहरू, जिल्लाका सुरक्षा प्रमुखहरू, वडा अध्यक्षहरूसमेत नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। 

सन् २०१४ जुन ५ मा सम्झौता भएर सन् २०१६ जुनसम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित सडक विस्तारको जिम्मा ठेक्कामा दिइएको थियो। 

सडकको ठेक्का आराभाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रसन कम्पनी प्रालिले लिएका थिए। दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएपनि नौ वर्षसम्म पनि नहुँदा मन्त्री श्रेष्ठ अवस्था बुझ्न पुगेका हुन्

सम्झौताअनुसार काम सम्पन्न नगरेपछि पटकपटक म्याद थप्दै आएको छ। भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना अनुसार पहिलो चरणमा नगरकोटसम्मको सडकको काम भएको हो। सडक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री