२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नयाँ सिस्टम लागू भएपछि वैदेशिक लगानी तथा भिसा सिफारिसमा सहज

१९ फाल्गुन २०७९, शुक्रबार ०३:४१

फागुन १९, काठमाडौं | उद्योग विभागले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लगानीकर्ताका लागि अनलाइनबाटै आवेदन दिने ‘सिस्टम’ सुरु गरेपछि सेवाग्राही लाभान्वित हुन थालेका छन्। गत साउन १ गतेदेखि सुरु गरिएको ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ लागू भएपछि तीन दिनभित्रै विदेशी लगानी स्वीकृत हुन थालेको छ। 

भिसा सिफारिसको काम पनि एकैदिनमा हुने गरेको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले जनाएको छ। अध्यागमन, कम्पनी रजिस्ट्रर्ड कार्यालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान), आन्तरिक राजस्व विभाग र भन्सार विभागसँग समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गरेर तथ्यांक प्रविष्ट (डाटा इन्ट्रिगेसन)को काम सुरु भएको छ। यो सिस्टम लागू भएपछि यसअघि दुई ठाउँमा बायोमेट्रिक दिएर इन्ट्री गर्नुपर्ने झमेलाबाट मुक्ति मिलेको छ। भिसा आवेदन पनि एक पटक दिए पुग्छ। 

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी अनलाइन सिस्टम सुरुवाती चरणमा काम गर्न गाह्रो भए लगानीकर्तालाई छिटोछरितो र तथ्यांकमा शुद्धता भएको बताउँछन्। ‘तुरुन्तै नतिजा नदेखिए पनि सबै रेकर्ड सिस्टममा हुन्छ। अब एक क्लिकमै काम सकिन्छ,’ उनले भने, ‘यसअघि आवश्यक फाइल सबै नभेटिने अवस्था थियो। कसले भिसा लग्यो भनेर फाइल खोज्नुपथ्र्यो। अब हरेक महिना कसले के ग-यो भनेर अनलाइन सिस्टममै हेर्न सकिन्छ।’  कुनै विदेशी लगानीकर्ता भिसा लिन आयो भने सिस्टममा नम्बर राख्ने बित्तिकै पाइने उनले जानकारी दिए।

एकपटक निवेदन गरिसकेपछि अध्यागमनको प्रणालीमा पनि यतैबाट तथ्यांक पठाउने भएकाले ग्राहकले सीधै भिसा आवेदन दिन सक्छन्। निर्यात इन्टेन्सिभका लागि विभागले सिफारिस गरेपछि फेरि भन्सारमा गएर निवेदन दिनु पर्दैन।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य