2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नयाँ सिस्टम लागू भएपछि वैदेशिक लगानी तथा भिसा सिफारिसमा सहज

फागुन १९, काठमाडौं | उद्योग विभागले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लगानीकर्ताका लागि अनलाइनबाटै आवेदन दिने ‘सिस्टम’ सुरु गरेपछि सेवाग्राही लाभान्वित हुन थालेका छन्। गत साउन १ गतेदेखि सुरु गरिएको ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ लागू भएपछि तीन दिनभित्रै विदेशी लगानी स्वीकृत हुन थालेको छ। 

भिसा सिफारिसको काम पनि एकैदिनमा हुने गरेको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले जनाएको छ। अध्यागमन, कम्पनी रजिस्ट्रर्ड कार्यालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान), आन्तरिक राजस्व विभाग र भन्सार विभागसँग समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गरेर तथ्यांक प्रविष्ट (डाटा इन्ट्रिगेसन)को काम सुरु भएको छ। यो सिस्टम लागू भएपछि यसअघि दुई ठाउँमा बायोमेट्रिक दिएर इन्ट्री गर्नुपर्ने झमेलाबाट मुक्ति मिलेको छ। भिसा आवेदन पनि एक पटक दिए पुग्छ। 

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी अनलाइन सिस्टम सुरुवाती चरणमा काम गर्न गाह्रो भए लगानीकर्तालाई छिटोछरितो र तथ्यांकमा शुद्धता भएको बताउँछन्। ‘तुरुन्तै नतिजा नदेखिए पनि सबै रेकर्ड सिस्टममा हुन्छ। अब एक क्लिकमै काम सकिन्छ,’ उनले भने, ‘यसअघि आवश्यक फाइल सबै नभेटिने अवस्था थियो। कसले भिसा लग्यो भनेर फाइल खोज्नुपथ्र्यो। अब हरेक महिना कसले के ग-यो भनेर अनलाइन सिस्टममै हेर्न सकिन्छ।’  कुनै विदेशी लगानीकर्ता भिसा लिन आयो भने सिस्टममा नम्बर राख्ने बित्तिकै पाइने उनले जानकारी दिए।

एकपटक निवेदन गरिसकेपछि अध्यागमनको प्रणालीमा पनि यतैबाट तथ्यांक पठाउने भएकाले ग्राहकले सीधै भिसा आवेदन दिन सक्छन्। निर्यात इन्टेन्सिभका लागि विभागले सिफारिस गरेपछि फेरि भन्सारमा गएर निवेदन दिनु पर्दैन।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई