धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पा"/>
१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली मोडलको पर्यटन आवश्यक: पर्यटनमन्त्री किराती

२१ फाल्गुन २०७९, आईतवार ०७:३५

फागुन २१, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले धरानलाई पूर्वी पर्यटनको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना  गरेको ‘धरान एक्स्पो–२०७९’ समापन समारोहमा मन्त्री किरातीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले यसलाई पर्यटन केन्द्रका रूपमा विकास गरी स्वदेशी उत्पादनलाई  बजारीकरणको  पनि केन्द्र बनाउन सकिने धारणा व्यक्त गर्नुभयोे । 

पर्यटन प्रवद्र्धनका लागि यस भेगका उत्पादनलाई आफ्नो स्वाद, संस्कार संस्कृतिलाई नेपाली ‘मोडल’ बनाएर बजारीकरणका लागि ध्यानाकर्षण गराउँदै उहाँले नेपाली स्रोतसाधनलाई सामूहिकरूपमा परिचालन गर्न किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री मीन विश्वकर्माले उपलब्ध स्रोत र साधनलाई भरपुर उपयोगका लागि  स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गर्न उद्योगी तथा व्यवसायीसँग आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले धरानमा पर्यटनको विकासका लागि स्थानीय परिकारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै पूर्वको समग्र पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्डले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उत्पादनमुखी व्यापार तथा  व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बनाउन जरुरी भएको बताउनुभयो । एक्सपोले धरान र यस वरपरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बोर्डका सदस्य कृष्ण शाहको भनाइ थियोे ।  

फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा पर्यटनसँग सम्बन्धित १५ सहित विभिन्न एक सय ३० कक्ष रहेको सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्षले विजय श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी