२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पोखराका मेयरलाई वडाध्यक्षको प्रश्न– ‘तपाईँमा मानवीयता छ कि नाइँ ?’

२०७९, २२ फाल्गुन सोमबार ०५:१३

फागुन २२, काठमाडौं | पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई वडा नं. ४ का वडाध्यक्षले मानवीयताको प्रश्न उठाउँदै स्टाटस लेखेका छन् ।

वडाध्यक्ष देवकृष्ण पराजुलीले मेयर आचार्यलाई धनराज आचार्य ज्यू हजुरमा मानवीयता छ कि छैन ? भनेर प्रश्न गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका हुन् ।

‘मेयरको मनखुशी आफूले चाहे बालुवामा पानी हाल्न तयार महानगरको नगर सभा सदस्यको दुःखद निधन हुँदा मुखले ठिक्क मात्र ? हिजो हामीले नै झन्डा बोकेर आज सत्तामा पुर्‍याएको वरदानको बदला अभिशाप बन्न पुग्यो,’ वडाध्यक्ष पराजुलीले स्टाटसमा आएका प्रश्नहरूलाई जवाफ दिँदै लेखेका छन् ।

वडाध्यक्ष पराजुलीले नेपाल प्रेससँग कुरा गर्दै मेयर धनराज आचार्यले पपुलारीटीका कामहरूमा केन्द्रित रहेकाले स्टाटस लेखेको बताए ।

‘हाम्रा वडा सदस्य बितेका बेला नै विशेष नगर सभा पनि बस्यो । मैले पनि मेयरसाबलाई भनेँ । काजकिरिया खर्च आवश्यक छ । उहाँको घरको आर्थिक अवस्था अत्यन्त दयनीय छ । मैले यो कुरा भन्दा ‘ए गर्न पर्छ र ?’ भनेजस्तो गर्नुभयो । आफै शोक सभामा सहभागी हुनुभएको, बुझ्नुभएको मान्छे राजनीतिक हिसाबले हेर्नुभयो कि जस्तो मलाई लाग्छ । समग्र महानगरको अभिभावकको भूमिका भएन भन्ने मलाई लागेको हो । त्यही विषयमा मैले स्टाटस लेखेको हुँ,’ वडाध्यक्ष पराजुलीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै