१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

होलीको बहानामा गुडाइएका साढे ४ सय सवारी साधन प्रहरी नियन्त्रणमा

२२ फाल्गुन २०७९, सोमबार १०:५२

फागुन २२, काठमाडौं | काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा उल्लासपूर्वक होली पर्व मनाइँदैछ । राजधानीका नयाँ बानेश्वर, वसन्तपुरलगायत स्थानमा होली खेल्नेको निकै भीडभाड छ । 

आजका दिन मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने कार्य पछिल्ला केही वर्षदेखि बढेपछि ट्राफिक जाँचमा कडाइ गरिएको छ । उपत्यकामा युवायुवतीले होली मनाउने क्रममा मादक पदार्थ सेवन गर्ने र गाडी हाँक्ने गरेको पाइएपछि ट्राफिक प्रहरीले विभिन्न ठाँउमा चेकजाँच गरेको छ । 

दिउँसो साढे २ बजेसम्म ४४५ सवारी साधन होल्डमा राखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये १८ वटा चारपाँङ्ग्रे र ४२७ वटा दुईपाँङ्ग्रे हुन् । ट्राफिक प्रहरी उपरीक्षक (एसपी) प्रभु अभिनारायण काफ्लेका अनुसार हेल्मेट नलगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्नेलगायत कार्य गरेकालाई होल्डमा राखिएको उनको भनाइ छ । 

ट्राफिक कार्यालयले आज काठमाडौंका विभिन्न ६८ ठाउँमा ‘चेक प्वाइन्ट’ राखेको छ । त्यस्तै, होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले ६०५ ट्राफिक प्रहरी खटाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी