2026-07-26 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डका आतंककारी गतिविधिविरुद्ध रिट दायर गरेका हौं : रिट निवेदक

फागुन २३, काठमाडौँ | रिट निवेदक कल्याण बुढाथोकीले द्वन्द्वकालमा आतंककारी गतिविधि गरेकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध रिट दायर गरेको बताएका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्डविरूद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुगेका अधिवक्ता बुढाथोकीले प्रचण्डले युद्धको नियमविपरित काम गरेकाले त्यसको विरोधमा मुद्धा दर्ता गराएको प्रतिक्रिया दिएका हुन्।

उनले गत कार्तिकमै निवेदन दर्ता गर्न खोजेपनि दरपिट गरेपछि अहिले दर्ता भएको बताए।  उनले घरभित्र बसेका सर्वसाधारणलाई अन्‍याय गरेकाले आफूहरू न्यायको खोजिमा रहेको बताए।

‘हिजोको दिनमा उहाँहरूले गरेका जघन्य अपराध,युद्धको नियमवपिरीत गरेको कामको विरोधमा मुद्दा दर्ता गराएका हौं,’उनले भने,’ घर बसेका नागरिकहरूलाई अन्याय गरेकाले हामी न्याय खोज्न आएका हौं।’

अर्का रिट निवेदनकर्ता ज्ञानेन्द्रराज आरणले संक्रमणकालीन न्यायका विषयमा देखिएका समस्या समाधानका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि नभएपछि न्यायका लागि सर्वोच्च आउनुपरेको बताए। उनले केहि परिवारका प्रतिनिधिले मात्र रिट हाले पनि यसले द्वन्द्वकालमा माओवादीबाट मारिएका ५५ सय जना परिवारको प्रतिधित्व गर्ने बताए।

यस्तै अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले पीडितलाई न्याय दिलाउनका लागि पहल गरिएको बताए । २०७६ साल माघ १ गते माघी पर्वका बेला जनयुद्धमा बेला मारिएका ५ हजार जनाको जिम्मा लिने अभिव्यक्तिका आधारमा हत्याको परिभाषित गर्दै अपराधिको सूचीमा राखेर न्यायिक हिरासतमा राखिनुपर्छ भन्ने विषय रिट निवदेनमा समेटिएको उनले जानकारी दिए।

यसअघि कात्तिकमा यही माग लिएर उनीहरू सर्वोच्च गएका थिए । सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरुद्ध उनीहरुले निवेदन दिएका थिए । शुक्रबार सोही निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरुद्ध दिएका रिट दर्ता गर्न आदेश गरेको थियो । 

उनीहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो। त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए। 

द्वन्द्वकालीन मुद्दालाई लिएर  प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट दर्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै सर्वोच्चमा प्रचण्डबिरुद्ध दुईवटा रिट दर्ता भएका छन् । प्रचण्डविरुद्ध रामेछापका बुढाथोकी,सुवास गिरीलगायत ८ जना र रामेछापकै आरणसहित १४ जनाले रिट दायर गरेका हुन् ।

रिट दायर भएपछि सर्वोच्चले फाल्गुन २५ गते बिहीबारका लागि पेशी तोकेको छ । साभार:अन्नपूर्ण पाेष्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ