११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डका आतंककारी गतिविधिविरुद्ध रिट दायर गरेका हौं : रिट निवेदक

२३ फाल्गुन २०७९, मंगलवार ०९:२५

फागुन २३, काठमाडौँ | रिट निवेदक कल्याण बुढाथोकीले द्वन्द्वकालमा आतंककारी गतिविधि गरेकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरूद्ध रिट दायर गरेको बताएका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्डविरूद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुगेका अधिवक्ता बुढाथोकीले प्रचण्डले युद्धको नियमविपरित काम गरेकाले त्यसको विरोधमा मुद्धा दर्ता गराएको प्रतिक्रिया दिएका हुन्।


उनले गत कार्तिकमै निवेदन दर्ता गर्न खोजेपनि दरपिट गरेपछि अहिले दर्ता भएको बताए।  उनले घरभित्र बसेका सर्वसाधारणलाई अन्‍याय गरेकाले आफूहरू न्यायको खोजिमा रहेको बताए।

'हिजोको दिनमा उहाँहरूले गरेका जघन्य अपराध,युद्धको नियमवपिरीत गरेको कामको विरोधमा मुद्दा दर्ता गराएका हौं,'उनले भने,' घर बसेका नागरिकहरूलाई अन्याय गरेकाले हामी न्याय खोज्न आएका हौं।'

अर्का रिट निवेदनकर्ता ज्ञानेन्द्रराज आरणले संक्रमणकालीन न्यायका विषयमा देखिएका समस्या समाधानका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि नभएपछि न्यायका लागि सर्वोच्च आउनुपरेको बताए। उनले केहि परिवारका प्रतिनिधिले मात्र रिट हाले पनि यसले द्वन्द्वकालमा माओवादीबाट मारिएका ५५ सय जना परिवारको प्रतिधित्व गर्ने बताए।

यस्तै अधिवक्ता किर्तिनाथ शर्मा पौडेलले पीडितलाई न्याय दिलाउनका लागि पहल गरिएको बताए । २०७६ साल माघ १ गते माघी पर्वका बेला जनयुद्धमा बेला मारिएका ५ हजार जनाको जिम्मा लिने अभिव्यक्तिका आधारमा हत्याको परिभाषित गर्दै अपराधिको सूचीमा राखेर न्यायिक हिरासतमा राखिनुपर्छ भन्ने विषय रिट निवदेनमा समेटिएको उनले जानकारी दिए।

यसअघि कात्तिकमा यही माग लिएर उनीहरू सर्वोच्च गएका थिए । सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरुद्ध उनीहरुले निवेदन दिएका थिए । शुक्रबार सोही निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले प्रचण्ड विरुद्ध दिएका रिट दर्ता गर्न आदेश गरेको थियो । 

उनीहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो। त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए। 

द्वन्द्वकालीन मुद्दालाई लिएर  प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट दर्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै सर्वोच्चमा प्रचण्डबिरुद्ध दुईवटा रिट दर्ता भएका छन् । प्रचण्डविरुद्ध रामेछापका बुढाथोकी,सुवास गिरीलगायत ८ जना र रामेछापकै आरणसहित १४ जनाले रिट दायर गरेका हुन् ।

रिट दायर भएपछि सर्वोच्चले फाल्गुन २५ गते बिहीबारका लागि पेशी तोकेको छ । साभार:अन्नपूर्ण पाेष्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली