२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

यस्तो छ माओवादी केन्द्र कास्कीको लक्ष्य

५ आश्विन २०७३, बुधबार १२:४५

असोज ५, पोखरा । नेकपा  माओवादी केन्द्र कास्कीले पार्टी सदस्य १५ हजार पु¥याउने  लक्ष्य लिएको छ । 

माओवादी केन्द्र कास्कीको बुधबार बसेको जिल्ला सचिवालय बैठकले सदस्यता नवीकरण एवं नयाँ सदस्यता वितरणसँगै पार्टी सदस्य संख्या १५ हजार पु¥याउने निर्णय गरेको हो । माओवादी केन्द्र कास्कीका संयोजक राजकाजी गुरुङ ‘करण’ले असोजदेखि कात्तिक १५ गतेभित्र पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई तीव्रता दिइने निर्णय गरिएको जानकारी दिए  ।

सचिवालय बैठकले कात्तिक १५ देखि मंसिर १५ गतेसम्म वडा, गाउँ र नगर एकता सम्मेलन गरिसक्ने तथा पुसको पहिलो सातामा जिल्ला एकता सम्मेलन गर्ने निर्णय गरेको संयोजक करणले जानकारी दिए ।

केन्द्रमा विभिन्न दश कम्युनिष्ट घटकहरूबीच एकता भएसँगै जिल्लामा पनि असोज २० गतेभित्र एकता भेलाहरू सम्पन्न गर्ने माओवादी केन्द्र कास्कीको योजना छ ।

। यसैगरी, बैठकले कार्यविभाजन समेत गरेको छ । जस अन्तर्गत कास्की क्षेत्र नं. १ को संयोजकमा लालमोहन तिवारी, सह–संयोजकमा विनय थापा, क्षेत्र नं. २ को संयोजकमा गायत्री दुरा, क्षेत्र नं. ३ को संयोजकमा गंगा पोखरेल, क्षेत्र नं. ४ को संयोजकमा रामजी बराल ‘जीवन’,

पोखरा उपमहानगरपालिकाको संयोजकमा दीपक कोइराला ‘रुपक’ र लेखनाथ नगरपालिकाको संयोजकमा शिवजी लामिछानेलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, बैठकले जिल्ला कार्यालय सचिवको जिम्मेवारी धर्म गुरुङलाई दिएको छ ।

माओवादी केन्द्र कास्कीको सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठन एवं मोर्चाहरू र विभागहरूका लागि समेत कार्यविभाजन गरेको छ । जस अनुसार संगठन विस्तार र एकता बैठकहरूलाई तीव्रता दिने निर्णय पनि बैठकले गरेको छ भने हालसम्म भएको जिल्ला पार्टीको खर्च र आम्दानी पनि अनुमोदन गरेको छ । 

त्यस्तै, माओवादी केन्द्र कास्कीले आफ्नो पार्टीको नेतृत्वमा भएको वर्तमान सरकारले गरेका सकारात्मक कार्यहरूलाई जनसमक्ष पु¥याउन विशेष पहल गर्ने भएको छ । बैठकमा सहभागी जिल्ला सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रका तर्फबाट भाव सम्प्रेषणसहित प्रशिक्षण दिँदै माओवादी केन्द्र प्रदेश नं. ४ का संयोजक डिलाराम आचार्यले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कुरालाई जनसमक्ष पु¥याउन निर्देशन दिनुभयो । 

देश अहिले संवेदनशील मोडबाट गुज्रिरहेको र चुनौतीपूर्ण अवस्थामा पार्टीले सरकारको नेतृत्व सम्हालेको जनाउँदै संयोजक आचार्यले माओवादी केन्द्रलाई सिध्याउन चारैतिरबाट गरिएको घेराबन्दी तोड्न पार्टी पंक्ति एकताबद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह