२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

यस्तो छ माओवादी केन्द्र कास्कीको लक्ष्य

२०७३, ५ आश्विन बुधबार १२:४५

असोज ५, पोखरा । नेकपा  माओवादी केन्द्र कास्कीले पार्टी सदस्य १५ हजार पु¥याउने  लक्ष्य लिएको छ । 

माओवादी केन्द्र कास्कीको बुधबार बसेको जिल्ला सचिवालय बैठकले सदस्यता नवीकरण एवं नयाँ सदस्यता वितरणसँगै पार्टी सदस्य संख्या १५ हजार पु¥याउने निर्णय गरेको हो । माओवादी केन्द्र कास्कीका संयोजक राजकाजी गुरुङ ‘करण’ले असोजदेखि कात्तिक १५ गतेभित्र पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई तीव्रता दिइने निर्णय गरिएको जानकारी दिए  ।

सचिवालय बैठकले कात्तिक १५ देखि मंसिर १५ गतेसम्म वडा, गाउँ र नगर एकता सम्मेलन गरिसक्ने तथा पुसको पहिलो सातामा जिल्ला एकता सम्मेलन गर्ने निर्णय गरेको संयोजक करणले जानकारी दिए ।

केन्द्रमा विभिन्न दश कम्युनिष्ट घटकहरूबीच एकता भएसँगै जिल्लामा पनि असोज २० गतेभित्र एकता भेलाहरू सम्पन्न गर्ने माओवादी केन्द्र कास्कीको योजना छ ।

। यसैगरी, बैठकले कार्यविभाजन समेत गरेको छ । जस अन्तर्गत कास्की क्षेत्र नं. १ को संयोजकमा लालमोहन तिवारी, सह–संयोजकमा विनय थापा, क्षेत्र नं. २ को संयोजकमा गायत्री दुरा, क्षेत्र नं. ३ को संयोजकमा गंगा पोखरेल, क्षेत्र नं. ४ को संयोजकमा रामजी बराल ‘जीवन’,

पोखरा उपमहानगरपालिकाको संयोजकमा दीपक कोइराला ‘रुपक’ र लेखनाथ नगरपालिकाको संयोजकमा शिवजी लामिछानेलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, बैठकले जिल्ला कार्यालय सचिवको जिम्मेवारी धर्म गुरुङलाई दिएको छ ।

माओवादी केन्द्र कास्कीको सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठन एवं मोर्चाहरू र विभागहरूका लागि समेत कार्यविभाजन गरेको छ । जस अनुसार संगठन विस्तार र एकता बैठकहरूलाई तीव्रता दिने निर्णय पनि बैठकले गरेको छ भने हालसम्म भएको जिल्ला पार्टीको खर्च र आम्दानी पनि अनुमोदन गरेको छ । 

त्यस्तै, माओवादी केन्द्र कास्कीले आफ्नो पार्टीको नेतृत्वमा भएको वर्तमान सरकारले गरेका सकारात्मक कार्यहरूलाई जनसमक्ष पु¥याउन विशेष पहल गर्ने भएको छ । बैठकमा सहभागी जिल्ला सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रका तर्फबाट भाव सम्प्रेषणसहित प्रशिक्षण दिँदै माओवादी केन्द्र प्रदेश नं. ४ का संयोजक डिलाराम आचार्यले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कुरालाई जनसमक्ष पु¥याउन निर्देशन दिनुभयो । 

देश अहिले संवेदनशील मोडबाट गुज्रिरहेको र चुनौतीपूर्ण अवस्थामा पार्टीले सरकारको नेतृत्व सम्हालेको जनाउँदै संयोजक आचार्यले माओवादी केन्द्रलाई सिध्याउन चारैतिरबाट गरिएको घेराबन्दी तोड्न पार्टी पंक्ति एकताबद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?