१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्ववियु निर्वाचन तालिका सार्वजनिक

२५ फाल्गुन २०७९, बिहीबार ०५:१७

फागुन २५, कञ्चनपुर | सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । चैत ८ मा तोकिएको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर निर्वाचन गतिविधि अगाडि बढाइएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २६ मा संघ संगठन दर्त्ता, २८ गते मतदाता सूची प्रकाशन र दाबी विरोधको मिति तोकिएको छ ।

यस्तै, २९ गते अन्तिम मतदाता नामावली प्रकाशन, ३० गते उम्मेदवारका लागि मनोनयन वितरण गरिनेछ । चैत १ मा उम्मेदवारको मनोनयन दर्त्ता गरिने कार्यक्रम छ । चैत २ मा उम्मेदवारको नामावलीमा दाबी विरोध र त्यसमा छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ३ गते उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशनका कार्यतालिका छ ।

चैत ८ गते बिहान ८ देखि ४ बजेसम्म मतदानको कार्यतालिका छ । सुदूरपश्चिम विश्वविद्यालयमा पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो । पहिलो पटक हुन लागेको निर्वाचन प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीमा हुन लागेको हो ।

२०६६ मा विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियू निर्वाचन हुन लागेको छ । विश्वविद्यालयको कानुन संकायका डिन कर्ण थापाका अनुसार निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीमा हुनेछ । सभापति, सचिव र कोषाध्यक्षको निर्वाचन प्रत्यक्ष हुनेछ । उपसभापति, सहसचिव र सदस्यहरू समानुपातिक प्रणालीबाट आउनेछन् ।

डिन थापाका अनुसार स्ववियुको कार्यसमिति विद्यार्थी संख्याको आधारमा ११ देखि १५ सदस्यीय हुनेछ । सदस्यहरू सबै समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । कार्यसमितिमा बहुमत प्राप्त संघ संगठनले निर्वाचित सदस्यमध्येबाटै उपसभापति र सहसचिव चयन गर्ने कार्यविधि रहेको उनले बताए । प्रत्यक्ष र समानुपातिक दुवैका लागि एउटै निर्वाचन कार्यतालिका छ ।

केन्द्रीय क्याम्पस र आंगिक गरी १५ वटा क्याम्पसमा एकै दिन निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए । उनका अनुसार विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसमा १७ हजार बढी विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस