२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्ववियु निर्वाचन तालिका सार्वजनिक

२०७९, २५ फाल्गुन बिहीबार ०५:१७

फागुन २५, कञ्चनपुर | सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । चैत ८ मा तोकिएको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेर निर्वाचन गतिविधि अगाडि बढाइएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २६ मा संघ संगठन दर्त्ता, २८ गते मतदाता सूची प्रकाशन र दाबी विरोधको मिति तोकिएको छ ।

यस्तै, २९ गते अन्तिम मतदाता नामावली प्रकाशन, ३० गते उम्मेदवारका लागि मनोनयन वितरण गरिनेछ । चैत १ मा उम्मेदवारको मनोनयन दर्त्ता गरिने कार्यक्रम छ । चैत २ मा उम्मेदवारको नामावलीमा दाबी विरोध र त्यसमा छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ३ गते उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशनका कार्यतालिका छ ।

चैत ८ गते बिहान ८ देखि ४ बजेसम्म मतदानको कार्यतालिका छ । सुदूरपश्चिम विश्वविद्यालयमा पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो । पहिलो पटक हुन लागेको निर्वाचन प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीमा हुन लागेको हो ।

२०६६ मा विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियू निर्वाचन हुन लागेको छ । विश्वविद्यालयको कानुन संकायका डिन कर्ण थापाका अनुसार निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीमा हुनेछ । सभापति, सचिव र कोषाध्यक्षको निर्वाचन प्रत्यक्ष हुनेछ । उपसभापति, सहसचिव र सदस्यहरू समानुपातिक प्रणालीबाट आउनेछन् ।

डिन थापाका अनुसार स्ववियुको कार्यसमिति विद्यार्थी संख्याको आधारमा ११ देखि १५ सदस्यीय हुनेछ । सदस्यहरू सबै समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । कार्यसमितिमा बहुमत प्राप्त संघ संगठनले निर्वाचित सदस्यमध्येबाटै उपसभापति र सहसचिव चयन गर्ने कार्यविधि रहेको उनले बताए । प्रत्यक्ष र समानुपातिक दुवैका लागि एउटै निर्वाचन कार्यतालिका छ ।

केन्द्रीय क्याम्पस र आंगिक गरी १५ वटा क्याम्पसमा एकै दिन निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए । उनका अनुसार विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसमा १७ हजार बढी विद्यार्थी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति