११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बडघर–भलमन्सा ऐन कार्यान्वयनमा

२५ फाल्गुन २०७९, बिहीबार ०६:०५

फागुन २५, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिकाले बडघर–भलमन्सा प्रथाजन्य ऐनलाई कार्यान्वयनमा ल्याएको छ । ऐन कार्यान्वयनमा आएसँगै नगरपालिकाको वडावडामा बडघर–भलमन्सा चयनको कार्य गरिएको छ । वडामा चयन भएका वडघर–भलमन्साको भेलाले नगरस्तरीय समितिलाई पूर्णता दिएका छन् ।

नगरस्तरीय समितिले बडघर–भलमन्सा प्रथाको संस्थागत विकास, क्षमता अभिवृद्धिलगायतलाई अगाडि बढाउनका लागि कार्ययोजना तयार गरेको बडघर–भलमन्सा समितिको सचिवालय व्यवस्थापन संयोजक हवलदार चौधरीले बताउनुभयो । “जिल्लामै वडघर–भलमन्सा प्रथालाई संरक्षण गर्न ऐन निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “ऐन निर्माण भएपछि थारु समुदायको सामुदायिक सङ्गठन तथा परम्परागत बडघर–भलमन्सा प्रणालीलाई अभिलेखीकरण, संरक्षण, प्रवद्र्धन विकास र अभ्यासलाई अगाडी बढाउन सहज हुने भएको छ ।”

बडघर–भलमन्सा प्रणालीमा आदिवासी जनजातिभित्र रहेका खुना, चौधरी र राना थारु समुदायलाई समेटिएको छ । नगरपालिकाको प्रत्येक वडामा योजना छनोट गर्दा गरिने भेलामा बडघर–भलमन्सालाई अनिवार्यरुपमा उपस्थित गराई बजेट, नीति तथा कार्यक्रम बनाइने संयोजक चौधरीले जानकारी दिनुभयो ।   

नगरपालिकाको दशौँ नगरसभाले बडघर संस्था परिचालन ऐन परित गरेपछि यस प्रथाले कानुनी हैसियत प्राप्त गरेको हो । थारु समुदायले लामो समयदेखि बडघर प्रथालाई कानुनी मान्यता दिन माग गर्दै आएका थिए । ऐनमा बडघर र भलमन्साको चयन, कार्य क्षेत्र, काम कर्तव्य अधिकार क्षेत्र, मर्यादालगायत प्रावधान राखिएका छन् ।  कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियमविपरीत नहुने गरी काम गर्न सकिने उल्लेख गरिएको छ । थारु समुदायमा अनौपचारिकरुपमा प्रचलनमा रहेको यस प्रथाले कानुनी हैसियत प्राप्त गरेपछि बडघर भलमन्साको कार्य क्षेत्र किटान गरी हक अधिकार सुनिश्चित गरेको बडघर भलमन्सा नगर समितिका संयोजक बच्चन रानाले बताउनुभयो । 

“बडघर भलमन्साले गरेका कार्यको लेखाजोखाको अभिलेखीकरण मौखिकरुपमै हुने गरेको थियो”, उहाँले भन्नुभयो, “अब गतिविधिको लेखाजोखा नगरपालिकालाई प्रत्येक वर्ष बुझाउनुपर्ने भएको छ, यस कार्यले भलमन्सा बडघरको मूल्याङ्कन हुन्छ, काम गर्ने हौसल बढ्छ ।”  नगरपालिकका प्रत्येक गाउँका बडघर भलमन्सा ऐनअनुसार नगरपालिकामा सूचीकृत भएका छन । जनप्रतिनिधिलाई जनश्रमदान जुटाउन निकै सकस भएका बेला बडघर भलमन्सालाई सक्रिय पारिएपछि विकास निर्माणमा यस कार्यले टेवा पु¥याएको वडा नं १२ का वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो । 

“विकास निर्माणमा जनसहभागिता जुटाउन यस कार्यले सघाउ पु¥याउ छ”, उहाँले भन्नुभयो, “बडघर भलमन्सासँग सहकार्य गरेर अगाडि बढ्छौँ ।” बडघर भलमन्साले जनप्रतिनिधिसँग समन्वय गर्ने, गाउँमा रहेका सानातिना झैझगडा समाधान गर्ने, गाउँ टोलमा आइपर्ने जुनसुकै काममा सक्रिय सहभागिता जनाउनेलगायत समुदायमा सामाजिक, सांस्कृति र आर्थिक सद्भाव कायम राख्ने कार्यमा सक्रिय सहभागिता जनाउन थालेका छन् ।

बडघर प्रथामा थारू समुदायमा पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ । यसको नेतृत्व गर्ने व्यक्तिको पद पनि बडघर र भलमन्सा भएका कारणले यसको विकास भएको पाइन्छ । थारू समुदायमा बडघर संस्था अति शक्तिशाली रहेको पाइन्छ । थारू समुदायका गाउँगाउँमा विकास निर्माण, समाजिक कार्य, विवाह, सांस्कृतिक कार्यको चाँजोपाँजो मिलाउने कार्यसँगै झैझगडाको छिनोफानो गर्नका लागि बडघर प्रत्येक वर्ष चयन हुँदै आएको छ । नगरपालिकाको नगर भेला, वडा भेलामा बडघर भलमन्साको उपस्थितिलाई अनिवार्य गरिएपछि नीति निर्माण र बजेट विनियोजनमा पहुँच पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली