१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा प्रमुख सचेतकलाई प्रश्न- गठबन्धन रोज्दा एमालेलाई धोका भएन र ?

२५ फाल्गुन २०७९, बिहीबार ०७:५५

फागुन २५, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लोकतन्त्रलाई बलियो बनाउन मतदानमा भाग लिने निर्णय गरेको बताएका छन् । संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकपछि उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन मतदानमा भाग नलिने भन्ने हुँदैन । त्यसमा सबै सांसदहरुको एकमत छ । निर्वाचन आचारसंहितको कारणले यो गर्ने वा त्यो गर्ने भन्न पाउँदैनौं । हामी लोकतन्त्रलाई बलियो बनाउने र व्यवस्थालाई रक्षा गर्नेको पक्षमा उभिएका छौं ।

रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवार रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निर्णयपछि राष्ट्रपतिमा सहयोग गरेर उपचुनावमा सहयोग पाउने अपेक्षा राखेको हो ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबाहेक छलफल गरेका छैनौं । हामी त्यो उपयुक्त समयमा गर्नेछौं ।’

हिजो रवि लामिछानेलाई गृहमन्त्री बनाउने विषयमा प्रचण्ड र ओलीबीचको सम्बन्धन बिग्रियो । अहिले गठबन्धन रोज्दा एमालेलाई धोका भएन र ? भन्ने प्रश्नमा उनले भने, ‘राजनीतिमा धोका हुँदैन । तथ्यमा हुन्छ । राजनीतिमा एकखालको कारण हुन्छ । त्यो कारण केलाउदै जाँदा पछि फरक भाष्यहरू निर्माण होलान् । तर, अहिले हामीले राष्ट्रपतिको विषयमा कुरा गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस