१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओली–गगन सवाल जवाफ, भन्छन् : माफ गर्नुहोला २०८४ सम्म मिल्न सम्भव छैन

२५ फाल्गुन २०७९, बिहीबार ०९:५२

फागुन २५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच संसद्मा आगामी समीकरणका सम्बन्धमा फरक फरक टिप्पणी सार्वजनिक भएको छ ।

राष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु अब कांग्रेससँग मिल्न सक्ने संकेत गरेका थिए । बिहीबार राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेर बाहिरिएपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

एमाले नेपाली कांग्रेससँग पनि मिल्न सक्ने भएकाले त्यो सम्भावना बाँकी नै रहेको बताए ।

“कांग्रेससँग हामी मिल्न सक्छौँ । मिल्दैनौँ भनेर कसम खाएका छैनौँ,” उनले भने, “राजनीतिमा जुनसुकै सम्भावना कायमै रहन्छ ।”

ओलीले यसअघिका दुवै राष्ट्रपतिको भूमिका राम्रो भएको बताउँदै पछिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीको झनै राम्रो भएको बताए ।

“देशको रक्षा, संविधानको पक्षमा उभिनेलाई संविधानसम्मत् तरिकाले आयो भने देशप्रति बफादार भएर संविधानको रक्षक भएर उभिनुपर्छ,” ओलीले भने, “राष्ट्रपतिको आलोचना संक्रिर्ण सोच भएकाले गर्ने हो । आलोचना त संक्रिर्ण स्वार्थ बोकेका पूरा भएन भने उफ्रिन्छन् । राष्ट्रपतीय प्रणालीलाई मन नपराउने र जन्मिदै पुज्ने बानी परेकाहरुले देशका लागि अडेर काम गर्दैनन् । दुवै राष्ट्रपतिले ठिक गर्नुभएको छ । पछिल्लोले झनै राम्रो काम गर्नुभएको छ ।”

ओलीपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगन थापाले २०८४ भन्दाअघि एमालेसँग सहकार्य हुनै नसक्ने बताए ।

“एमालेसँगको सहकार्य २०८४ पछि सम्भव हुनसक्छ, त्योअघि माफ गर्नुहोला,” थापाले भने, “प्रमुख प्रतिपक्षी दलको नेता भेट्न हामी बालकोटमै आऊँला ।”

राजनीतिमा पटक–पटक झुक्याउन नसकिने भन्दै उनले कांग्रेसलाई अवमूल्यन नगर्न आग्रह गरे । 

“पटक–पटक झुक्याउन सकिँदैन । हामीलाई यति अवमूल्यन नगर्न आग्रह गर्दछु,” थापाले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरू कांग्रेससँग पनि मिल्न सक्ने बताएका थिए । त्यसको जवाफमा थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस