2026-07-25 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओली–गगन सवाल जवाफ, भन्छन् : माफ गर्नुहोला २०८४ सम्म मिल्न सम्भव छैन

फागुन २५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच संसद्मा आगामी समीकरणका सम्बन्धमा फरक फरक टिप्पणी सार्वजनिक भएको छ ।

राष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु अब कांग्रेससँग मिल्न सक्ने संकेत गरेका थिए । बिहीबार राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेर बाहिरिएपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

एमाले नेपाली कांग्रेससँग पनि मिल्न सक्ने भएकाले त्यो सम्भावना बाँकी नै रहेको बताए ।

“कांग्रेससँग हामी मिल्न सक्छौँ । मिल्दैनौँ भनेर कसम खाएका छैनौँ,” उनले भने, “राजनीतिमा जुनसुकै सम्भावना कायमै रहन्छ ।”

ओलीले यसअघिका दुवै राष्ट्रपतिको भूमिका राम्रो भएको बताउँदै पछिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीको झनै राम्रो भएको बताए ।

“देशको रक्षा, संविधानको पक्षमा उभिनेलाई संविधानसम्मत् तरिकाले आयो भने देशप्रति बफादार भएर संविधानको रक्षक भएर उभिनुपर्छ,” ओलीले भने, “राष्ट्रपतिको आलोचना संक्रिर्ण सोच भएकाले गर्ने हो । आलोचना त संक्रिर्ण स्वार्थ बोकेका पूरा भएन भने उफ्रिन्छन् । राष्ट्रपतीय प्रणालीलाई मन नपराउने र जन्मिदै पुज्ने बानी परेकाहरुले देशका लागि अडेर काम गर्दैनन् । दुवै राष्ट्रपतिले ठिक गर्नुभएको छ । पछिल्लोले झनै राम्रो काम गर्नुभएको छ ।”

ओलीपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगन थापाले २०८४ भन्दाअघि एमालेसँग सहकार्य हुनै नसक्ने बताए ।

“एमालेसँगको सहकार्य २०८४ पछि सम्भव हुनसक्छ, त्योअघि माफ गर्नुहोला,” थापाले भने, “प्रमुख प्रतिपक्षी दलको नेता भेट्न हामी बालकोटमै आऊँला ।”

राजनीतिमा पटक–पटक झुक्याउन नसकिने भन्दै उनले कांग्रेसलाई अवमूल्यन नगर्न आग्रह गरे । 

“पटक–पटक झुक्याउन सकिँदैन । हामीलाई यति अवमूल्यन नगर्न आग्रह गर्दछु,” थापाले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरू कांग्रेससँग पनि मिल्न सक्ने बताएका थिए । त्यसको जवाफमा थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ