2026-07-26 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नयाँ राष्ट्रपतिलाई माधव नेपालको सुझाव- राष्ट्रको हितमा कुठाराघात हुने कुनै काम नहोस्

फागुन २५, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रको हितलाई केन्द्रमा राख्न आग्रह गरेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पौडेल निर्वाचित भएपछि उनले भने, ‘राष्ट्रपति भनेको राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुँदैन । देशको शिर निहुरिने कुनै काम गर्नु हुँदैन ।’

उनले गठबन्धनमा भागबण्डा ठूलो कुरा नभएकाले स्वभाविकरूपमा अगाडि बढ्ने बताए ।

उनले भने, ‘भागबण्डाको कुरा त्यति ठूलो कुरा भएनन् । भागबन्डामा अल्मलिने भन्दापनि देश र जनताको लागि के गर्ने चिन्ताको विषय छ । तर, हामी सुरूमा मैले के पाएँबाट सुरू गर्छौं ।’

राष्ट्रपति निर्वाचित भइसकेपछि गठबन्धन स्वभाविक‍रूपमा अगाडि बढ्ने नेपालले बताए । संविधान र अहिलेसम्मको उपलब्धि रक्षाको लागि आफूहरूले पनि साथ दिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ