१५ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति निर्वाचनका सन्दर्भमा रास्वपाको तीन बुँदे स्पष्टीकरण

२६ फाल्गुन २०७९, शुक्रबार ०६:१७

फागुन २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनका सन्दर्भमा तीन बुँदे स्पष्टीकरण दिएको छ। बिहीबार भएको राष्ट्रपति निर्वाचनमा रास्वपाले अन्तिम समयमा आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको थियो। उसका सांसदहरूले सोही अनुसार मतदान गरेका थिए।

कतिपयले राष्ट्रपति निर्वाचनमा सहभागी भएकै विषयमा समेत आलोचना गर्न थालेपछि रास्वपा प्रवक्ता मुकुल ढकालले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् तीन बुँदे स्पष्टीकरण दिएका हुन्।

उनले आफूहरूको वाचाअनुसार गैरदलीय व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्न आफूहरूसँग मतभार नरहेको र हार्ने  निश्चित चुनावमा गैरदलीय व्यक्तिलाई उठाएर उसको छविमा असर पार्न नखोजेको बताएका छन्।

उनले गणतन्त्रको सिद्धान्तमा अघि बढेको पार्टीले निर्वाचन बहिष्कार गर्नु उपयुक्त नभएकैले निर्वाचनमा भाग लिएको समेत प्रष्ट्याएका छन्। 

'स्वविवेकको निर्णय गर्ने कि भन्ने विषयमा सासंदहरूबिच भएको छलफलपछि आफ्नो विवेकको प्रयोग गरि पार्टीको बिनाकुनै दबाब नै मतदान गर्नु भएको हो। उहाँहरूले छलफललाई आधार बनाएर पार्टी एक ढिक्का छ भन्ने सन्देश दिनु भयो, जसप्रति पार्टी आफ्ना सासंदप्रति गर्व गर्छ', ढकालले भनेका छन्।

उनले पार्टीका सासंदहरूले कुनै एक उम्मेदवार रोज्दा पनि विवादित हुने निश्चित रहेको उल्लेख गरेका छन्। भिन्दाभिन्दै उम्मेदवारमा मतदान गर्दा एकता छैन कि भन्ने सन्देश समेत जान सक्ने भएकाले एकै उम्मेदवारलाई मतदान गरिएको उनको प्रष्टीकरण छ।

'रास्वपालाई कुन बेला कसरी हानौँ भनेर बस्नेहरूका लागि रास्वपाले जे निर्णय लिए पनि यो उपयुक्त बेला थियो। पार्टीप्रति इमान्दार पार्टी सदस्य, पार्टीको भलो चिताउने शुभेच्छुक, सुझबुझ र अलिकति चिन्तन गर्ने जनता पार्टीले यस परिस्थितिमा चालेको कदमप्रति निराश हुनुपर्ने कुनै कारण नै छैन', प्रवक्ता ढकालले भनेका छन्। 

उनले बाँकी अवस्थामा मतभारका आधारमा रास्वपा जेजति गर्न हिँडेको हो त्यसमा हौसला आवश्यक र मार्गदर्शन पाइरहने विश्वास लिएका छन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जापानको टोकियोमा नेपाल फेस्टिवल (फोटो फिचर) एनपीएल : मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्स विजयी पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाउन प्रचण्डको जोड चीनसँग आर्थिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल भयो: मन्त्री आरजु राणा चीन भ्रमण अघि पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया: बीआरआईबारे विवाद अनावश्यक एनपीएल : विराटनगर किङ्सले दियो जनकपुर बोट्ल्सलाई १२८ रनको लक्ष्य एनपीएल : उद्घाटन खेलमा विराटनगर किङ्स ब्याटिंग गर्दै राजनीतिका नयाँ अनुहार लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल हुन् : प्रचण्ड छेन्दुमा मन्त्री राणाको प्रतिबद्धता: नेपालमा चीन विरोधी गतिविधि हुने छैन् सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता तारकेश्वरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु जसपा नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन दिवङ्गत पितृका नाममा पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो (फोटो फिचर) क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? आज काठमाडौंका यी स्थानमा बिजुली काटिने परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै एनपिएलको उद्घाटन खेलमा आज जनकपुर र विराटनगर भिड्दै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते