2026-07-26 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जसपा अध्यक्ष उपेन्द्र बारा-२ बाट उपनिर्वाचन लड्ने !

फागुन २६, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर पार्टी अध्यक्ष उपेन्द्र यादवलाई बारा २ बाट हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने रणनीति लिएको छ । उपराष्ट्रपति रामसहाय निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुनेछ । सत्तारूढ गठबन्धनभित्र समेत बारा २ मा हुने उपनिर्वाचनमा उपेन्द्रलाई सहयोग गर्ने आन्तरिक सहमति भइसकेको छ ।

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएपछि उपेन्द्र सुरक्षित क्षेत्र खोज्दै उपनिर्वाचनबाट संसद्मा पुनः प्रवेशको मौकामा छन् । त्यसैले बारा २ उनी आफ्ना लागि सुरक्षित रहेकाले आफ्ना विश्वास पात्र रामसहायलाई उपराष्ट्रपति बनाउने निर्णय पार्टीबाट गराएका हुन् ।

आमनिर्वाचनको बेलामा उपेन्द्रलाई बारा २ र बारा ३ बाट उम्मेदवार हुन स्थानीय पार्टी कमिटीले सिफारिस गरेको थियो । तर, उनी सप्तरी २ नै रोजेका थिए । अब उनी बारा २ बाट उपनिर्वाचन लडनेछन् । तर, जसपा कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनीष सुमनले पार्टी अध्यक्ष उपनिर्वाचन लड्ने कि नलड्ने भन्नेबारे पार्टीभित्र छलफल वा कुनै निर्णय नभएको बताए ।

‘आगामी उपनिर्वाचनबारे पार्टीभित्र अहिले कुनै छलफल वा निर्णय भएको छैन । यद्यपि कुनै पनि सम्भावनामा जान सक्छौं, त्यसका लागि संसदीय बोर्ड र क्षेत्रीय समितिको बैठक बस्छ, निर्णय गर्छ,’ प्रवक्ता सुमनले भने, यसबारेमा सिधै केन्द्रीय समितिले समेत निर्णय गर्न सक्छ ।’

बारा २ यादव, साह, कुशवाहा बाहुल्य क्षेत्र हो । कांग्रेस र एमालेको संगठन बलियो भए पनि जातीय प्रभाव कसरी पर्छ भन्ने कुरा गत निर्वाचनमा पनि देखिएको थियो । राधेचन्द्र यादव पार्टी जिल्ला सभापति हुँदा कांग्रेसको संगठन बलियो थियो । उनी त्यस क्षेत्रबाट दुईपटक सांसद निर्वाचित भए ।

अहिले उनकै छोरा राजेशराय यादव जिल्ला सभापति छन् । गत आमनिर्वाचनमा बारा २ पाँच दलीय गठबन्धनको भागबन्डाअनुसार माओवादी केन्द्रको भागमा परेको थियो । यहाँ कांग्रेसको उम्मेदवार थिएन । पाँच दलीय गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै रामसहाय विजयी भएका थिए ।

पाँच दलीय गठबन्धनका साझा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए । उता एमाले गठबन्धनबाट जसपाका रामसहाय १३ हजार ८ सय २२ मत ल्याएर विजयी भए । रामसहाय यसअघिको निर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी भएका थिए ।

अन्ततः ३ सय ५४ मतान्तरले माओवादी उम्मेदवार कुशवाह पराजित भए । बारा २ बाटै उम्मेदवारी दिए स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७ हजार ६ सय ९८ मत ल्याएका थिए ।

मधेस आन्दोलनको समयमा फोरममै रहेका रामकिशोर अहिले सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्ने चर्चा चलिरहेको छ । उपनिर्वाचन भए बारा २ मा रामकिशोर पुनः निर्वाचनमा उम्मेदवारी दिने गरी आन्तरिक तयारीमा छन् । जनमत पार्टीले उनलाई उम्मेदवार नबनाएको अवस्थामा पुनः स्वतन्त्र भए पनि उम्मेदवार हुने उनी निकटका नेताहरू बताउँछन् ।

होली पर्वअघि बारा २ को गंजभवानीपुरमा भएको होली मिलन कार्यक्रममा सो क्षेत्रबाट स्वतन्त्र एवं विभिन्न दलबाट उम्मेदवारी दिने उम्मेदवार सहभागी भएका थिए । सो बैठकबाट बारा २ मा उपनिर्वाचन भएको अवस्थामा कुनै एक प्रत्यासीले मात्रै उम्मेदवारी दिने र अरूले समर्थन गर्ने विपक्षी उम्मेदवारबीच सहमति भइसकेको छ । बैठक अरुण ज्ञवालीको घरमा बसेको थियो । जसपामा रामकिशोरलगायतका उम्मेदवार सहभागी थिए ।

उपेन्द्रलाई सप्तरी जस्तै भारी मतले बारा २ मा समेत पराजित गर्ने गत निर्वाचनमा सहभागी प्रत्यासीको आन्तरिक सहमतिले उपेन्द्रलाई उपनिर्वाचनमा विजयी हुन अप्ठ्यारो हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ