2026-07-26 12:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधवप्रति ओलीको टिप्पणी- प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर पार्टी फुटाएर चोइटो बुझाए

फागुन २६, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले प्रतिक्रियावादीहरुलाई पार्टी फुटाएर चोइटो बुझाएको आरोप लगाएका छन् ।

एमालेनिकट खेलकुद महासंघ नयाँ केन्द्रीय कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको नाम नलिइ उनले भने, ‘विधि र प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवामा सर्मपित भएर पार्टी फुटाएर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गरे । तर, तिनीहरुले वास्तविक सफलता प्राप्त गर्न सकेनन् ।’

उनले दुई तिहाइ नजिक पुगेको नेकपा पनि प्रचण्ड र माधव नेपालले फुटाएको आरोप लगाए ।

उनले भने, ‘हामीले हाम्रो आन्दोलनमा देखेका छौं। फउल खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाए । दुई तिहाईको हैसियतमा पुगेको आन्दोलनलाई विभाजित गराए ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ