१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यूएईसँग नेपालले उठायो न्युन तलबदेखि न्यायोचित भर्ना प्रक्रियासम्मका विषय

२६ फाल्गुन २०७९, शुक्रबार ११:३३

फागुन २६, काठमाडौँ | नेपालले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली श्रमिकका विभिन्न विषयहरू उठान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि यूएईका राजदूत अब्दुल अल शाम्सीसँगको भेटको क्रममा नेपाली श्रमिकको हकहितका विभिन्न विषयमा छलफल भएको हो । 

मन्त्रालयमा आज भएको भेटको क्रममा सचिव अर्यालले यूएईमा रहेका नेपाली श्रमिकका हकहितको विभिन्न विषयहरू उठान गरेका थिए । 

सचिव अर्यालले नेपाली श्रमिकको हक अधिकारको रक्षा, सामाजिक सुरक्षा, न्यायोचित भर्ना प्रकृया, न्युनतम तलब, पुनः एकीकरणका सम्बन्धमा नेपालले अपनाएको नीतिको चर्चा गरेका थिए । यसको सफल कार्यान्यनका लागि संयुक्त अरब इमिरेट्स सरकारको तर्फबाट गर्न सकिने सहयोगका लागि अनुरोध समेत गरेका थिए । 

त्यसैगरी नेपाली श्रमिकहरुको व्यवसायिक सीप विकास, नयाँ क्षेत्रमा रोजगारी सिर्जना र सरकारी अधिकारीहरूको क्षमता विकासमा दुबै देशहरूबीच हुनसक्ने सहकार्यका सम्बन्धमा समेत छलफल भएको थियो ।

भेटको क्रममा नेपाल र यूएई सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता प्रभावकारी कार्यान्वयन गर्न गठित संयुक्त समितिको बैठक यस वर्ष नेपालमा आयोजना गर्नेगरी कुटनीतिक तयारी गर्ने छलफल भएको थियो । छलफलमा मन्त्रालयका सहसचिव राजिव पोखरेल, उपसचिव कविराज उप्रेती लगायत पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ