2026-07-26 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यूएईसँग नेपालले उठायो न्युन तलबदेखि न्यायोचित भर्ना प्रक्रियासम्मका विषय

फागुन २६, काठमाडौँ | नेपालले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली श्रमिकका विभिन्न विषयहरू उठान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि यूएईका राजदूत अब्दुल अल शाम्सीसँगको भेटको क्रममा नेपाली श्रमिकको हकहितका विभिन्न विषयमा छलफल भएको हो । 

मन्त्रालयमा आज भएको भेटको क्रममा सचिव अर्यालले यूएईमा रहेका नेपाली श्रमिकका हकहितको विभिन्न विषयहरू उठान गरेका थिए । 

सचिव अर्यालले नेपाली श्रमिकको हक अधिकारको रक्षा, सामाजिक सुरक्षा, न्यायोचित भर्ना प्रकृया, न्युनतम तलब, पुनः एकीकरणका सम्बन्धमा नेपालले अपनाएको नीतिको चर्चा गरेका थिए । यसको सफल कार्यान्यनका लागि संयुक्त अरब इमिरेट्स सरकारको तर्फबाट गर्न सकिने सहयोगका लागि अनुरोध समेत गरेका थिए । 

त्यसैगरी नेपाली श्रमिकहरुको व्यवसायिक सीप विकास, नयाँ क्षेत्रमा रोजगारी सिर्जना र सरकारी अधिकारीहरूको क्षमता विकासमा दुबै देशहरूबीच हुनसक्ने सहकार्यका सम्बन्धमा समेत छलफल भएको थियो ।

भेटको क्रममा नेपाल र यूएई सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता प्रभावकारी कार्यान्वयन गर्न गठित संयुक्त समितिको बैठक यस वर्ष नेपालमा आयोजना गर्नेगरी कुटनीतिक तयारी गर्ने छलफल भएको थियो । छलफलमा मन्त्रालयका सहसचिव राजिव पोखरेल, उपसचिव कविराज उप्रेती लगायत पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ