१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महराको ड्राफ्ट प्रचण्डले फेरेपछि माओवादी धार विभाजित

२८ फाल्गुन २०७९, आईतवार १२:०४

फागुन २८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा तयार भएको ड्राफ्ट प्रधानमन्त्री प्रचण्डले फेरेपछि तीन माओवादी धार अलग भएका छन् । माओवादी नौ धारको बैठकले संयुक्त अपिल तयार गर्न महरालाई जिम्मेवारी दिएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले संशोधन गरेर तयार गर्न लगाएपछि तीन माओवादी धारले बहिष्कार गरेका हुन् ।  

जसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी छन् ।  ‘संयुक्त अपिल तयार गर्न   महराजीलाई तयार गर्न जिम्मेवारी दिएको थियो । त्यसमा नौ माओवादी धारका नेताहरूले सहमति जनाएका थियौ’ वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले भने, ‘महराजीले तयार गरेको  अपिल पुनः प्रचण्ड जीले अध्ययन गर्नुभयो । उहाँले यो हुँदैन यसरी बनाउनुस् भनेर अर्को अपिल तयार गर्नुभयो ।’

प्रचण्डले तयार गरेको अपिलमा सरकारलाई जस दिन खोजेपछि आफूहरूले संयुक्त पत्रकार सम्मेलन बहिष्कार गरेको स्थायी समिति सदस्य गजुरेलले बताए । सरकारको प्रशंसा गर्न खोजिएपछि संयुक्त पत्रकार सम्मेलनमा अर्थ नदेखेपछि सहभागी नभएको बताए । तर माओवादी केन्द्रका प्रवक्ता महराले भने संयुक्त पत्रकार सम्मेलनमा आउने भनिए पनि अन्तिममा सहभागी नभएको बताए । ‘मैले ड्राफ्ट गरेको अपिल चित्त नबुझेर नआएको भन्ने मेरो भाषा होइन,उहाँहरूको भाषा होला मलाई थाहा छैन’  महराले भने ।

अब माओवादी धारको बैठकमा तीन दल सहभागी नहुने भएका छन् । आफ्नै तरिकाले तीन दलले कार्यक्रम र योजना बनाएर अघि बढ्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो