2026-07-26 03:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जसपाले किन राख्यो उपराष्ट्रपतिमा दुई उम्मेदवार कायम ?

फागुन २९, काठमाडौँ | जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपतिमा दुईजनाको उम्मेदवार कायम राखेको छ । निर्वाचन आयोगले स्थापना गरेको राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जसपाका उम्मेदवार रामसहाय यादवको उम्मेदवारीलाई कायम राख्ने निर्णय गरेपनि सो दलले प्रमिला यादवको उम्मेदवारीलाई पनि कायम राखेको छ ।

हिजो चार बजेसम्म उम्मेदवारी फिर्ता लिने समयसीमा थियो । सो अवधिमा राष्ट्रिय सभाका सदस्य समेत रहेकी जसपाका नेतृ प्रमिला यादवले आफ्नो उम्मेदवारी फिर्ता लिन्छिन् भन्ने धेरैको अनुमान थियो । उम्मेदवारी फिर्ता लिने विषयमा छलफल गर्न जसपाको केन्द्रीय कार्यालयमा पदाधिकारीको छलफल पनि थियो । तर, छलफलमा अधिकांश नेताले अर्का उम्मेदवार रामसहाय यादवको विरुद्धमा सर्वोच्च अदालतमा पनि रिट दायर हुनसक्ने कुरा राखेका थिए ।

त्यसका लागि प्रमिला यादवको उम्मेदवारीलाई कायम राखौँ भन्ने छलफलले निष्कर्ष निकालेपछि हालसम्म उनको उम्मेदवारी कायम छ । निर्वाचन अधिकृतको कार्यालयले जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य रामसहाय यादवको उम्मेदवारी कायम राखेपछि थप कानुनी उपचारमा जाने कि विषयमा एमाले, जनमत पार्टीलगायत अन्य महिला कानुन व्यवसायीहरुले हिजो छुट्टा छुट्टै छलफल गरेको सूचना जसपा पार्टी कार्यालयमा पुगेको थियो । 

त्यसले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई झन् झस्काई दियो । उनले यो अवस्थामा प्रमिला यादवलाई उम्मेदवारी फिर्ता लिन लगाएर ‘रिस्क’ लिन चाहेनन् । जसपाका एक नेताले भने, ‘प्रमिला यादवको उम्मेदवारीलाई ‘वेट एण्ड सी’ को पोजिसनमा राखेका छौँ, अवस्था हेरेर ब्याक हुनुहुन्छ ।’ 

उपराष्ट्रपतिका उम्मेदवार प्रमिला यादवले भनिन्, ‘उम्मेदवारी फिर्ता लिने कुनै कुरा छैन, हिजोसम्म फिर्ता लिइएन भने अब कहाँ फिर्ता लिने कुरा हुन्छ । साथीहरुसँग छलफल भइरहेको छ, परस्थिति के हुन्छ त्यो अनुसार अगाडि बढ्ने कुरा हुन्छ ।’

जसपा प्रवक्ता मनिष सुमनले प्रमिलाले आज उम्मेदवारी फिर्ता लिने बताए । उनले भने, ‘हिजो दौडधुपका कारण उम्मेदवारी फिर्ता लिन सक्नुभएन, पार्टीमा अझै छलफल चलिरहेको छ, जुनसुकै बेला उहाँ (प्रमिला)ले अर्का उम्मेदवार (रामसहाय यादव)लाई समर्थन गर्न सक्नुहुन्छ ।’

महिला–पुरुषको कुरा ल्याएर बेकारमा उपराष्ट्रपतिको चुनावलाई विवादस्पद बनाएको भन्दै उनले संविधानमा जुन कुरा प्रष्ट उल्लेख छ, त्यसमा आयोगले जानी जानी विवाद सिर्जना गरेको दाबी गरे ।

नेपालमा राजनीतिमा थुप्रै चलखेल हुने गरेको भन्दै दुईजना उम्मेदवार उठाएको उनको भनाइ छ । उनले संविधानमा भएको व्यवस्थाप्रति जसपा ढुक्क रहको भन्दै समय आएपछि प्रमिला यादवले कुनै निर्णय लिने जानकारी दिए । 

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले आफ्नो लागि प्रचार प्रसार पनि सुरु गरिसकेका छन् । प्रत्येक सांसदलाई हिजै मोबाइल सन्देश पठाइसकेका छन् । आजदेखि उनले सांसदहरु भेटेर मत माग्ने तयारीमा छन् । दलहरुलाई पत्र लेखेर नै उपराष्ट्रपतिमा मत दिनका लागि आग्रह गर्ने तयारी जसपाको छ । यता, प्रमिला यादवले कुनै प्रचारप्रसार सुरु गरेकी छैनन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ