फागुन २९, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहणका क्रममा गडबड भएपछि पुन: शपथ लिएका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथग्रहण गराउने क्रममा म ..भन्नासाथ रामचन्द्र पौडेल भनेर पर्खिनु पर्नेमा पौडेलले सपथको व्यहोरो एकोहोरो पढेपछि कार्की अलमलिए ।
सबै मुखामुख गरेर अलमलिएपछि राष्ट्रपतिका एडीसी छेउमा गएर ‘कामु प्रधानन्यायाधीश’ ले पढेपछिमात्र भन्नुपर्छ भनेपछि पुनः शपथ भएको हो ।