2026-09-19 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्रमिलाकुमारीले उम्मेदवारी फिर्ता लिदै रामसहायलाई गरिन् समर्थन

फागुन ३०, काठमाडौं | उपराष्ट्रपतिका उम्मेदवार प्रमिलाकुमारी यादवले आफूले पार्टीका अर्का उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गरेको जनाउँदै उम्मेदवारी फिर्ता लिएकी छन् । यादवले सोमबार एक वक्तव्य जारी गरी उम्मेदवार फिर्ता लिएको घोषणा गरिन्।

राष्ट्रियसभाका सदस्य समेत रहनुभएका यादवको वक्तव्यमा भनिएको छ– ‘प्राविधिक रूपमा उम्मेदवारको नामावलीको सूचीमा मेरो नाम रहन गएको भए तापनि म रामसहायप्रसाद यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’

उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आइतबार प्रमिलाकुमारी यादवसँगै चार जनाको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो । आज मंगलबार बस्ने १० दलीय सत्तागठबन्धनले यादवलाई आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ । सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादवसँग जनमत पार्टीका ममता झाको पनि उम्मेदवारी रहेको छ ।

फागुन १२ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेअनुसार गत बिहीबार जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलका नेता रामसहायलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

त्यसलगतै निर्वाचन आयोगले राष्ट्रपति खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएकोले उपराष्ट्रपतिमा महिला वा अन्य उम्मेदवार हुनुपर्ने तर्क गरेको सञ्चारमाध्यममा आएपछि सो पार्टीले दुवै जनालाई उम्मेदवार बनाएको थियो । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गर्ने सक्ने आशंका गर्दै दुवै जनाको उम्मेदवारी दिइएको थियो । यो समाचार नेपाल समाचार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई