घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on: 01 Sep, 2023

भदौ १५, काठमाडौँ | आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । सुनको मूल्य लगातार तीन दिन बढेपछि शुक्रबार घटेको हो ।

यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो ।भने तेजाबी सुनको मूल्य तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो । 

यता, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!