काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा अदालतमा हाजिर हुन उनी भैरहवा आएका हुन् ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयानका लागि लामिछाने हवाई मार्ग हुँदै मंगलबार रुपन्देही पुगेका हुन् । उनीसँग पत्नी निकिता पौडेलका साथै रास्वपाका केही केन्द्रीय नेता पनि छन् ।