2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

म्यानपावर व्यवसायीलाई श्रममन्त्री र महानिर्देशकले एकै मंचबाट भने – ‘एजेन्ट हटाउनुस्’

काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रमा बिचौलियाहरुले ठूलो समस्या खडा गरिरहेको भन्दै बिचौलिया हटाएर पारदर्शी ढंगले नैतिक भर्ना प्रक्रियामा कामदार वैदेशिक रोजगारमा पठाउन श्रममन्त्री र वैदेशिक रोजगार बिभागका महानिर्देशकले वैदेशिक रोजगार व्यवसायीहरुलाई ध्यानाकर्षण गराएका छन् । वैदेशिक रोजगार बोर्डको आयोजनामा मंगलबारबाट काठमाडौँमा सुरु भएको दुईदिने कानुनी-नैतिक भर्तीसम्बन्धी कार्यशाला गोष्ठीमा यस्तो ध्यानाकर्षण गराइएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि इमान्दारीतापूर्वक सेवा प्रवाह गर्न व्यवसायीलाई सुझाव दिए । मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसायप्रति आम नागरिकको विश्वास बढ्ने गरी काम गर्न म्यानपावर व्यवसायीहरुलाई सुझाव दिए । उद्घाटन सत्रको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले म्यानपावरहरुले संस्थागत रुपमा पाएको जिम्मेवारी अनुसार सेवा प्रवाह गर्दा पारदर्शी हुनुपर्ने सुझाव दिए । मन्त्रालयले सरकारले लागू गरेको फ्री भिसा, फ्री टिकटको निर्णय कार्यान्वयनमा समस्या देखिएको भन्दै उक्त निर्णयमा परिवर्तन आवश्यक रहेको बताए । मन्त्री भण्डारीले फ्री भिसा, फ्री टिकटको निर्णय पुनरावलोकनका विषयमा असहमति जनाएका ट्रेड युनियनदेखि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले प्रस्ट धारणा राख्नुपर्ने बेला आएको बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारको क्रममा अकालमा नेपाली कामदारहरुको मृत्यु भएको भन्दै श्रम मन्त्रालयले आगामी दिनमा त्यस्तो मृत्युलाई घटाउन लागि परेको बताए । उनले भने ‘वैदेशिक रोजगारीमा १६ वर्षमा १४ हजार नेपाली श्रमिकको मृत्यु भइसकेको छ । अहिले पनि खाडी मुलुकबाट आएका ४० प्रतिशत श्रमिक डायलासिस गर्दैछन्, धेरै मिर्गौलाका बिरामी छन् । श्रमिकलाई बचाउने हिसाबले सरकार अघि बढेका छौँ ।’ मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई बिना धितो ऋण उपलब्ध गराउन कार्यविधि तयार गरिरहेको जानकारी दिए ।

मन्त्री भण्डारीले व्यवसायी र श्रमिकबीचमा विचौलियाहरुको हालीमुहाली भएको भन्दै त्यसलाई हटाउनपर्ने सम्बन्धमा व्यवसायीहरुलाई ध्यानाकर्षण गराए । मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) बाट अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउने काम भइरहेकोप्रति आफ्नो ध्यानार्कषण भएको बताए । यसअघि मन्त्री भण्डारीले रेमिट्यान्सले देश धानिएको भन्दै रेमीट्यास सरकारको नभई व्यक्तिको आम्दानी भएको भन्दै रेमीट्यास ल्याउने नागरिकप्रति सरकार जिम्मेवार रहनुपर्ने बताए ।

उक्त कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले श्रमिकलाई झुठो आश्वासन नबाँड्न व्यवसायीलाई सचेत गराए । ‘झुठा वाचा नगर्नुहोस्’, महानिर्देशक खत्रीले भने, ‘श्रमिकले आफ्नो सम्झौताअनुसारको काम र पारिश्रमिक पाइरहेका छैनन् । श्रमिकसँगै स्वयम् व्यवसायीको हित र सम्मान बढ्ने गरि काम गर्नुहोस् ।’ कार्यक्रममा बोल्दै खत्रीले कानुनी र सामाजिक उत्तरदायित्वलाई बहन गरेर व्यवसायीहरुले व्यवसाय गर्नुपर्ने धारणा राखेका छन् । उनले वैदेशिक रोजगारमा पठाउन कानुनी रुपमा इजाजत मुख्य कुरा भएको भन्दै कन्सल्टेन्सीहरु मार्फत भईरहेको बेथितिमाथि ध्यानाकर्षण भएको बताए । महानिर्देशक खत्रीले व्यवसायीहरुले विदेश पठाउँदा आफ्नो छोराछोरीलाई नै पठाएको जस्तै सोचेर व्यवसाय गर्नुपर्ने धारणा राखे । उनले भने ‘यसो गर्दा व्यवसायिक सम्मान बढ्छ । विदेश जाने कामदार र सरकारी निकायसंगको सम्बन्ध पनि बढ्छ ।’ खत्रीले एजेन्टहरुको कारण वैदेशिक रोजगार व्यवसायको सामजिक उत्तरदायित्वमा निकै ठूलो समस्या आएको बताए । उनले समस्या आएपछी आफूले पुरा गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने ध्यानाकर्षण गराए । उनले भने ‘व्यवसायी मर्यादित हुनुपर्छ । पारदर्शि प्रक्रिया बनाउनुस । कामदार पठाउने क्रममा सुटूक्क एजेन्ट मार्फत काम नगर्नुस् । झूटा प्रलोभन नदिनुस् ।’ महानिर्देशक खत्रीले एजेन्टहरु मार्फत वैदेशिक रोजगारमा जाने कामदारहरुलाई झूटा प्रचार भईरहेको कारण वैदेशिक रोजगार क्षेत्र थप बदनाम भईरहेको बताए ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार क्षेत्रको अहिलेको समस्याग्रस्त अवस्थालाई समाधान गर्नु आवश्यक रहेको भन्दै संस्थागत भन्दा व्यक्ति र कन्सल्टेन्सीहरु यो क्षेत्रमा हावी भईरहेको विषयलाई ध्यानार्षण गराए । अध्यक्ष भण्डारीले वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण गर्न बार्षिक सय संख्याको बाध्यता हटाउन आग्रह गरे । भण्डारीले बाध्यात्मक अवस्थाको कारण जस्तो पनि डिमाण्डमा व्यवसायीले काम गर्न बाध्य भएको बताए । भण्डारीले वैदेशिक रोजगार क्षेत्रको व्यवस्थापन उचित ढंगले नभएको भन्दै अस्थिरता, लागत खर्च निर्धारण, मागपत्र प्रमाणीकरण र व्यवसाय सन्चालनमा भएका अन्य प्रतिकुल समस्याहरु तत्काल हटाउन आग्रह गरे ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले यस गोष्ठीमा सरकार र व्यवसायीबीचको घनिभूत छलफलबाट निष्कर्षमा पुगिने बताए । मंगलबार सुरु भएको गोष्ठी आज बुधबार पनि चल्नेछ । गोष्ठीमा वैदेशिक रोजगार व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले