2026-09-08 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार

काठमाडौँ | इजरायलमा रहेका नेपाली विपिन जोशी हमासको कब्जामा परेको १५ महिना बितिसकेको छ। ७ अक्टुबरमा अपहरण भएपछि विपिनको फोनको अन्तिम लोकेसन गाजामा देखिएको थियो । त्यसयता विपिनको अवस्था वा उनी कहाँ छन् भन्नेबारे अहिलेसम्म कुनै ठोस जानकारी छैन ।

हाल इजरायल र हमासबीचको पछिल्लो युद्धविरामसँगै बन्धकहरूको रिहाइ प्रक्रिया सुरु समेत भइसकेको छ। आम रूपमा युद्धविराम र बन्दी रिहाइको प्रक्रिया अघि बढेसँगै विपिन जोशीको अवस्थाबारे ‘के विपिन सुरक्षित छन् त ? पछिल्लो समय उनी सुरक्षित रहेको खबर कहाँबाट, के आधारमा कसले ल्यायो त ? यसमा कति सत्यता छ ‘ जस्ता धेरै प्रश्नहरू छन्।

विपिन जोशी जीवित रहेका तीन प्रमाण

  • उनको रिहाइबारे पनि प्रस्ट र ढुक्क हुने कुरा कतैबाट आएको छैन । तर, इजरायली डिफेन्स फोर्सले गत नोभेम्बरमा जारी गरेको भिडियो र हालै नेपालका लागि इजरायली राजदूतले ल्याएको खबर, विपिनबारे आशा बढाउने खालका छन् । अनि बन्दी अवस्थामै मारिएका कुनै पनि बन्धकसँग विपिनको परिवारको डीएनए म्याच नहुनु आशा बढाउने अर्को पक्ष हो ।
  • २२ नोभम्बर २०२३ मा इजरायल डिफेन्स फोर्सले गाजाको अल सिफा अस्पतालमा एक युवकलाई हमासका लडाकुले लैजाँदै गरेको भिडियो फुटेज सार्वजनिक गरेको थियो । आकाशे रङको टिसर्ट, हाफपाइन्ट र चप्पलमा देखिएका ती युवक विपिन नै भएको पुष्टि परिवारले गरेको थियो । इजरायलमाथि आक्रमण भएकै दिन अर्थात् ७ अक्टुबर २०२३ मा हमास लडाकुले उनलाई एक ठाउँबाट अर्को ठाउँ सार्दै गरेको भिडियोमा देखिन्थ्यो ।
  • अर्को आशा भनेको, इजरायली राजदूत शमुलिक ए वासले ल्याएको खबर हो । २० मंसिरमा काठमाडौंमा पत्रकारहरूसँग उनले विपिन जीवित रहेको र छिट्टै नेपाल फर्किने बताएका थिए । उनका अनुसार, विपिन गाजा क्षेत्रमा सुरक्षित छन् । यो सूचना अरबी देशहरूबाटै पाएको उनले बताएका थिए । हमाससँग कतार, इजिप्टलगायत देश निकट मानिन्छन् । यी देशकै मध्यस्थतामा दुई पक्षबीच युद्धविराम भएको छ । त्यसैले इजरायलले सूचना यी देशबाटै पाएको भए विपिन सुरक्षित छन् भनेर विश्वस्त हुन सकिन्छ । राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने पहिचान हुन नसकेको बताएका छन् ।

विपिनबारे राजदूत वाससँग हालै मात्र परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि जानकारी लिएकी थिइन् । मन्त्री देउवालाई उनले त्यही खबर सुनाएका छन्, जुन उनले अरबी देशबाट पाएका थिए । २९ पुसमा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुगेर विपिन सुरक्षित रहेको र रिहाइको पहल भइरहेको बताएकी थिइन् ।

परिवारमा अहिले विपिन सकुशल रहेको आशा बलियो भएको छ। युद्धविरामको खबरले परिवारमा आशाको सञ्चार त गरेको छ, तर कुनै पक्षको कमजोरीले यो प्रक्रिया फेरि विफल हुने डर पनि उनीहरूलाई सताइरहेको छ।  विपिनकी आमा पद्मा छोराको फोन कुर्दै छिन्। छोराले “आमा, म छुटेंँ, अब छिट्टै गाउँ आउँछु” भन्ने खबर दिने प्रतीक्षामा उनले समय बिताइरहेकी छिन्। १८ वर्षीया पुष्पा पनि दाजुको सकुशल रिहाइमा ढुक्क देखिन्छिन्।

कतार, इजिप्ट, अमेरिका लगायत देशहरूको मध्यस्थतामा १९ जनवरीदेखि लागू भएको युद्धविराम सम्झौताअन्तर्गत तीन जना इजरायली महिलालाई हमासले उपहारसहित रिहा गरिसकेको छ। पहिलो चरणमा ४२ दिनभित्र ३३ जनालाई रिहा गर्ने योजना छ। इजरायलले यसको बदलामा प्यालेस्टाइनी कैदीहरूलाई छोड्नेछ।

युद्धविरामको दोस्रो र तेस्रो चरणबारे भने अझै छलफल गर्न बाँकी छ। सहमतिअनुसार पहिलो चरणमा महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई प्राथमिकता दिइनेछ। हमासले आफ्नो कब्जामा रहेका ९४ मध्ये ५९ जना जीवित रहेको पुष्टि गरेको छ, जसमा विपिनसहित ९ जना विदेशी छन्। उनीहरूको सुरक्षित रिहाइका लागि सबै पक्षले युद्धविराम सम्झौतामा पालना गर्नुपर्ने हमासले चेतावनी दिएको छ।

विपिनको रिहाइ प्रतीक्षा केवल परिवारको मात्र होइन, सिङ्गो देशको हो। इजरायली अधिकारीहरूको भनाइअनुसार विपिन सकुशल रहेको अनुमान गर्न सकिन्छ। तर, उनी नेपाल फर्कन अझै केही समय लाग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित