ललित बोहरा । असोज ९, डडेल्धुरा | तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको डडेल्धुराको अजयमेरुकोट हाल सम्म आइपुग्दा ससाना बुट्यान र झाडीभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा । असोज ९, डडेल्धुरा | तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको डडेल्धुराको अजयमेरुकोट हाल सम्म आइपुग्दा ससाना बुट्यान र झाडीभ"/>

2026-06-21 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राजा नागी मल्लले राज्य सञ्चालन गरेको अजयमेरुकोट संरक्षण वीहिन


ललित बोहरा । असोज ९, डडेल्धुरा | तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको डडेल्धुराको अजयमेरुकोट हाल सम्म आइपुग्दा ससाना बुट्यान र झाडीभित्र हराउँदै गइरहेको छ । 

गृष्मकालीन मौसममा बस्नका लागि निर्मित कोट संरक्षण र सरसफाइका अभावले बुट्यानभित्र हराउनाका साथै इतिहास नै खतरामा परिरहेको कोट अवलोकनकर्ता बताउँछन । अजयमेरुकोट स्थित मल्ल राजाको दरबार पूर्ण रुपमा हराइसकेको छ भने रानीले रानीतालमा नुहाउन जाने गुफा पनि भरिँदै आइरहेको स्थानीयवासीको भनाइ छ । घोडा राख्ने तबेलाको नक्सा मात्रै बाँकी रहेको तथा नौला, देवलको संरचना केही हराइसकेका र केही जीर्ण अवस्थामा रहेको कोट संरक्षण समितिका सचिव राजबहादुर सेटीले बताए । पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको स्थानीयवासी बुद्धिजीवी र इतिहासका जानकारको भनाइ छ । 

सो भेगकै शक्तिशाली राजाका रुपमा रहेका नाग मल्लले राज्य सञ्चालन गर्नका लागि निर्माण गरेको कोटको सम्बद्र्धन नहुँदा पर्यटकीय दृष्टिकोणले मुनाफा लिन नसकिने स्थानीय समैजी प्रावि, हाटका प्रअ तेजबहादुर रावतले बताए ।


आफूले पर्यटकलाई आकर्षण गर्न र उनीहरुको सेवा सुविधा ध्यानमा राखेर स्थानीय हाट गाउँमा नै घरबास सञ्चालनमा ल्याइएको भए तापनि संरचना नै ओझेलमा पर्दा गाउँलेले गरेको प्रयास धराशायी भएको समैजी प्राविका शिक्षक हिरा सेटीले बताए । कोटभित्रका गुफा, रानीले नुहाउने पोखरी, प्राचीन शैलीका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सक्ने हो भने आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने स्थानीयवासी बताउँछन । जीर्ण भवनबाट १० औँं फिट लामा ढुङ्गाको चोरी भइसकेको तथा देवल नौला वरिपरिको जमिन स्थानीयवासीले अतिक्रमण गरेको अजयमेरुकोटको भ्रमण गरी आउने पर्यटकको भनाइ छ । 

डडेल्धुरा जिल्लाको अजयमेरु गाविसस्थित अजयमेरु कोटको संरक्षण तथा संबद्धँन हुन नसक्दा एक हजार ३०० वर्ष पुरानो इतिहास मेटिने खतरा मात्रै नभई सो भेगकै राम्रो पर्यटकीय क्षेत्रको नामोनिसान समेत मेटिँदै गर्दा कसैले ध्यान नदिनु दुःखद भएको डडेल्धुरा स्याउबारी भ्यु टावरका सञ्चालक तथा पर्यटन व्यवसायी सुदाम थापाले बताए । विसं ११९१ मा निर्मित ऐतिहासिक दरबारको हाल भग्नावशेष पनि ससाना बुट्यान तथा झाडीले छोपिरहेको तथा देवल समेत जीर्ण भइसकेका छन । पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि त्यस क्षेत्रमा रहेका ढुङ्गा तथा देवलमा नं राखिएको भए तापनि स्थानीयवासीको लापरबाही र सरोकार भएकाहरुको ठोस पहल नहुँदा ऐतिहासिक तथा धार्मिक अजयमेरुको इतिहास मेटिँदै गइरहेको छ । संरक्षण र संवद्र्धन हुन नसक्दा कोट क्षेत्रमा रहेको गुफा बन्द भइसकेको छ भने अजयमेरुकोट क्षेत्रमा रहेका ऐतिहासिक पानीका नाला क्रमिक रुपमा जीर्ण बन्दै गएका छन । जमिन अतिक्रमण गरेर खेती गर्नाले देवल तथा कोट हेर्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई अवलोकन गर्न बाटो समेत नहुँदा समस्या हुने गरेको छ । 

तश्विर: राज जोशी/डडेल्धुरा | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ