कविता उपाध्याय/कात्तिक २८, रोल्पा । जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा आमाले गरेको दुष्कर्मको सजाय भोग्दै चार नाबालकले जेल जीवन बिताइरहेका छन् ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/कात्तिक २८, रोल्पा । जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा आमाले गरेको दुष्कर्मको सजाय भोग्दै चार नाबालकले जेल जीवन बिताइरहेका छन् ।&nb"/>

2026-06-20 09:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

पढ्ने उमेरमा जेल बस्न बाध्य छन् रोल्पाली बालबालिका

2016-11-13

(कविता उपाध्याय) | कात्तिक २८, लिबाङ (रोल्पा) । जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा आमाले गरेको दुष्कर्मको सजाय भोग्दै चार नाबालकले जेल जीवन बिताइरहेका छन् । 


झोलामा कापी कलम बोकेर विद्यालय जाने उमेरका यी नाबालकहरुले यसरी जेल जीवन बिताउनु पर्दा उनीहरुको कलिलो बाल मष्तिष्कमा कतिसम्मको प्रतिकूल असर पर्न सक्छ भन्ने विषयमा समयमै बाल अधिकारका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरुको ध्यान जान जरुरी देखिन्छ । अपराधजन्य घटना घटाएका बालबालिकाहरुलाई पनि कारागारमा थुनामा नराखेर बाल सुधार गृहमा राख्ने कानूनी ब्यवस्था छ । संरक्षण गर्ने अभिभावक नभएको हुँदा उनीहरु आमाको संरक्षणमा जेल जीवन गुजार्न बाध्य भएका हुन् । 

बन्दी गृहमा छिरेसँगै यी बालबालिकाले पोषणयुक्त खानेकुरा खान त के देख्नसम्म पाएका छैनन् । न त यी बालबालिकाहरुसँग कुनै किसिमको खेलौना छ । साँझ बिहानको दुइ छाक खाना र चाउचाउ बिस्कुटले मात्र कसरी यिनीहरु हुर्केलान् ? यस विषयमा सरोकारवाला निकायहरु गम्भीर बन्न जरुरी छ । 

यसरी रोल्पाको कारागारमा जेल जीवन बिताउने नाबालकहरुमा महत–५ रुकुमका साढे तीन वर्षका शक्तिमान पुन, इरिबाङ ३ रोल्पाका तीन वर्षका हुकुम पुन, थबाङ–८ रोल्पाका साढे तीन वर्षका आशा नेपाली र रन्मामैकोट रुकुमका ३ वर्षका मीरा विक छन् । 

शक्तिमान पुनकी आमा दिलकुमारी पुनले २०७२ चैत ३ गते आफ्ना श्रीमान् र सासूलाई धारिलो हतियार प्रयोग गरी मारेको हुँदा १० वर्ष लामो कैद सजाय भोगिरहेकी छन् । पुनका अनुसार घरमा श्रीमान् र सासूको मृत्युपछि बच्चाको स्याहारसुसार गर्ने अन्य जिम्मेवार ब्यक्ति कोही नभएको हुँदा उनले बालकलाई बन्दीगृहमा आफूसँगै राख्दै आएकी हुन् । उनका अन्य दुइ छोरा पनि गाउँमै अलपत्र अवस्थामा छन् । 

यस्तै, हुकुम पुनकी आमा बिमला पुनले श्रीमान् विदेश गएका बेला देवर नाता पर्ने गोविन्द पुनमगरसँग पटक पटक अनैतिक सम्बन्ध राखेको र बिमलाका सौताका छोरा १२ वर्षिय भरत घर्तीमगरले पटक पटक देखेका हुँदा उसले खुलासा गरिदिने डरले बच्चाको घाँटी थिचेर २०७३ साउन १० गते हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि बिमला थुनामा पठाए र हुकुम पनि आमासँगै कारागार कार्यालयमा बन्दीगृहमा दिन गुजार्न बाध्य भए् । 

यस्तै, आशा नेपालीकी आमा जालकुमारी नेपाली ज्यान मार्ने उद्योगमा २०७३ कात्तिक १२ गतेदेखि थुनामा परेसँगै आशा पनि आमासँगै जेलभित्र बस्न बाध्य भएकी छिन् । बच्चालाई घरमा पठाउने अवस्था नभएको हुँदा आशालाई आफैसँग राख्दै आएको जालकुमारीले बताइन । 

यसैगरी, मीरा विककी आमा लगन विकले २० वर्षको कैद जीवन बिताइरहेको हुँदा उहाँसँगै मीरा पनि कारागार कार्यालय रोल्पामा बन्दीगृहमा बस्दै आएकी हुन् । विसं २०७२ फागुन २ गते आमा स्थानान्तरण भई रोल्पा आएदेखि उनी पनि जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा जेल जीवन बिताउन बाध्य भएकी हुन् । विकका अनुसार घरमा बच्चाको स्याहारसुसार गर्ने कोही छैन । माइतीमा पनि कसैले हेर्ने अवस्था नभएको हुँदा मीरा आमासँगै बन्दीगृहमा थुनामा बस्दै आएको विकले जानकारी दिइन् । 

“बन्दीगृहमा जेल जीवन बिताइरहेका बालबालिकाहरुको भविष्य तर्फ न त परिवारले सोचेका छन् न त कुनै सरकारी कार्यालयको नै ध्यान गएको छ,” समाजसेवी हुकुमा सुवेदीले बताइन । उनका अनुसार बालअधिकारका क्षेत्रमा काम गर्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय गैससहरु पनि बालबालिकाको क्षेत्रमा चर्का चर्का नारा लगाउनमै ब्यस्त छन् तर यिनीहरुको भविष्यका बारेमा कसैले सोच्न भ्याएका छैनन् । 

“यी बालबालिकालाई चर्का चर्का बालअधिकारका नारा होइन यथार्थमा सहयोगी हातहरुको खाँचो छ,” सुवेदीले भनिन् । 

यता, जिल्ला कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मीका अनुसार यी बालबालिकाका लागि कार्यालयले दैनिक १५० ग्राम चामल र १० रुपैयाँ बाहेक अन्य कुनै किसिमको छुट्टै ब्यवस्था गर्न सकेको छैन । आमाको इच्छा वा पारिवारिक बाध्यताका कारण उनीहरु पनि आमासँगै भित्र बस्दै आएका हुन् । “आमाले दिने मन्जुरी दिएमा वा कुनै सहयोगी निकायले लिएमा यी बालबालिकालाई सहयोग गर्न सकिन्छ तर आजसम्म यिनीहरुको बारेमा कसैले केही चासो देखाएको छैन,” रेग्मीले बताए । 

यस्तै, जिल्ला बाल कल्याण समिति रोल्पाका बाल अधिकार अधिकृत गोकर्ण पुनले यस विषयमा आफू र आफ्नो कार्यालय निकै गम्भीर भएको बताउँदै यी बालबालिकालाई आपत्कालीन सहयोग गर्न सकिने जानकारी दिए । साथै, यसरी कारागारभित्र रहेका बालबालिकाहरुका संरक्षकको हदम्याद लामो हुने अवस्था भएमा तिनीहरुको पारिवारिक पुनःस्थापना या जिल्लास्तरमै विद्यालयमा भर्नाका लागि पहल गर्न सकिने उनको भनाइ छ । तर आपत्कालीन सहयोगअन्तर्गत बालबालिकाका लागि विद्यालय पोसाक, पाठ्यपुस्तक, पोषिला खानेकुरा र विभिन्न किसिमका खेलौना उपलब्ध गराउन सकिने प्रावधान रहेपनि यी बालबालिकाले आजसम्म केही पाउन सकेका छैनन् । 

जिल्ला कारागार कार्यालय रोल्पाका प्रहरी सहायक निरीक्षक कुलबहादुर रावत भन्छन् – “हामीलाई सरकारले यी बालबालिकाको लागि भनेर केही पनि उपलब्ध गराएको हुँदैन । कुनै सङ्घ संस्था वा परिवारले केही दिएमा भित्र पुर्याउनेसम्म हो तर कतैबाट कुनै किसिमको सहयोग भएको छैन । हामीले संरक्षण दिने हो दिएकै छौं ।” 

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा भन्छन- “कुनै सहयोगी हात वा सङ्घसंस्थाले चासो राखेमा वा आमाले विश्वास गरेमा यी बालबालिकालाई हामी दिन सक्छौं । अन्यथा हामीसँग कुनै उपाय छैन ।” 

बत्तीमुनी अँधेरो भने झै जिल्ला कारागार कार्यालय रोल्पा र तुल्सी आवासीय माध्यमिक विद्यालयको आँगन यौटै हो, केवल बीचमा यौटा पर्खाल छ । करिव १०० मिटर टाढा सरकारी विद्यालय बाल मन्दिर छ तर पनि त्यहाँ सम्म पुग्न यी बालबालिकाको पहुँच छैन । कसैले पर्खाल कटाउने ब्यवस्था मिलाउन सके यी बालबालिका अवश्य पनि शिक्षाको उज्यालो ज्योति पाउनबाट बञ्चित हुने थिएनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ